Like us!
Follow us!
Connect us!
Watch us!

श्रीमतीको हत्या गरेर आत्महत्या

आइतबार, १० पुस २०७३, १० : १३ मा प्रकाशित

श्रीमतीको हत्या गरेर आत्महत्या


काठमाडौं- शनिबार बिहान करिब ११ बजे एक व्यक्ति हस्याङफस्याङ गर्दै भक्तपुरको महानगरीय प्रहरी प्रभाग खरिपाटी पुगे । ‘श्रीमतीलाई मैले मारिदिएँ,’ प्रभागमा पुगेलगत्तै उनले भने, ‘मैले पनि विष खाएको छु ।’

चाँगुनारायण डाँडागाउँका ४४ वर्षीय ज्योतिराज थापा त्यसरी आत्मसमर्पण गर्न प्रहरी कार्यालय पुगेका थिए । सुरुमा प्रहरीलाई उनको कुरामा विश्वास लागेन । तर, पटकपटक भनेपछि प्रहरीले उनको भनाइ भिडियोमा रेकर्ड गर्‍यो । केहीछिनमै उनी छटपटाउन थाले । प्रहरीको एउटा टोली थापालाई लिएर अस्पताल गयो । अर्को टोली चाँगुनारायण–३ थापागाउँस्थित उनको घरतर्फ लाग्यो । उनले भनेअनुसार नै घरमा घाँटी रेटेर मृत्यु भएको अवस्थामा उनकी श्रीमती मुना भेटिइन् । खुकुरीले काटेर उनले श्रीमतीको हत्या गरेका थिए ।

आत्मसमर्पणपछि श्रीमानको मृत्यु

भक्तपुर अस्पतालले ज्योतिराजको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि वीर अस्पताल रिफर गर्‍यो । तर, वीर लैजाने क्रममा बाटामै उनको मृत्यु भयो । ‘प्रारम्भिक अनुसन्धानमा पारिवारिक झगडामा उनले श्रीमतीको हत्या गरेर आत्महत्या गरेजस्तो देखिन्छ,’ महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी कृष्ण प्रसाईले नयाँ पत्रिकासँग भने, ‘हामी थप अनुसन्धान गरिरहेका छौँ ।’

मृतकको घर र प्रहरी प्रभाग करिब तीन किलोमिटरको दूरीमा छ । श्रीमतीको हत्या गरेर आत्महत्या गरेका थापा अवकाशप्राप्त सैनिक हुन् । उनका एक छोरा र एक छोरी छन् । छोरीको बिहे भइसकेको छ भने छोरा अस्ट्रेलियामा छन् । थापा दम्पतीबीच पहिलेदेखि नै झगडा हुँदै आएको स्थानीयले बताएको आजको नयाँ पत्रिकाले समाचार छापेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको