अर्थ संसार, काठमाडौ– आयात उच्च र निराशाजनक निर्यातले चालु आर्थिक वर्षको १० महिनामा व्यापार घाटा सवा ९ खर्ब पुगेकोछ । अघिल्लो वर्षको १० महिनाको तुलनामा करिब २२ प्रतिशतले वृद्धि भई व्यापार घाटा ९ खर्ब १५ अर्ब ९० करोड रुपैयाँ पुगेको हो।
भन्सार विभागका अनुसार वैशाखसम्म १ सय ५२ मुलुकहरूबाट ९ खर्ब ८२ अर्ब ५४ करोड ५९ लाख ४४ हजार रुपैयाँका सामग्रीहरू आयत भएका छन्। आयात रकमको ६ दशमलव ७८ प्रतिशत अर्थात् ६६ अर्ब ६४ करोड ५६ लाख २७ हजार रुपैयाँ बराबरको मात्रैनिर्यात भएकोछ ।
निर्यात वृद्धिदर ९ दशमलव ३४ प्रतिशत मात्रै छ भने आयात २१ दशमलव ७१ प्रतिशत छ । यो तथ्यांकअनुसार सरकारका निर्यात वृद्धिका प्रयासहरूले सार्थकता पाउन सकेका छैनन् भनेमुलुक आयातमा झन् बढी निर्भर रहेकोदेखिन्छ ।
स्वदेशी उत्पादन वृद्धि तथा प्रवद्र्धनात्मक कार्यक्रम हुन नसक्नु, उत्पादन भएका सामग्रीहरू निर्यात हुन नसक्नु र आयातित सामग्रीहरूमा परनिर्भरता बढिरहेकाले बर्सेनि व्यापार घाटा चुलिँदै गएको छ ।
साउनदेखि वैशाखसम्ममा सबैभन्दा बढी १ खर्ब ५४ अर्ब ९ करोड रुपैया“को इन्धन आयात भएकोछ । दोस्रोबढी आयात हुनेसामग्री मेसिनरी उपकरणका पार्टपुर्जाहरू हुन्।जसमा १ खर्ब ५ अर्ब १८ करोड रुपैयाँ बराबर खर्च भएकोछ । करिब एक खर्ब बराबरका फलाम तथा स्टिल सामग्रीहरू आयात भएका छन्। ६८ अर्ब ९० करोड रुपैया“ बराबरका सवारी साधन आयत भएका छन्। त्यस्तै विद्युतीय सामग्री ६३ अर्ब ८ करोड रुपैयाँको आयात भएकोछ ।
सबैभन्दा बढी व्यापार घाटा भारतसँग छ । भारतबाट १० महिनामा ६ खर्ब ४९ अर्ब ३४ करोड ६२ लाख ८२ हजार रुपैयाँका समाग्रीहरू आयात भएका छन्। निर्यात भने ३८ अर्ब १४ करोड ९१ लाख ७ हजार रुपैयाँ मात्र भएको भारतसँगको व्यापार घाटा ६ खर्ब ११ अर्ब १९ करोड ७१ लाख ७५ हजार रुपैयाँ पुगेकोछ ।
दोस्रोबढी व्यापार घाटा हुनेमुलुक चीन हो। चीनबाट १ खर्ब २७ अर्ब ५८ करोड ६५ लाख ६३ हजार रुपैयाँको आयात भएको छ भने चीनतर्फको निर्यात २ अर्ब ६६ करोड ९४ लाख ७४ हजार रुपैयाँ मात्रैभएको छ । उक्त कारणले चीनतर्फको व्यापार घाटा १ खर्ब २४ अर्ब ९१ करोड ७० लाख ८९ हजार रुपैया“ भएकोभन्सार विभागकोतथ्यांकमा उल्लेख छ ।
चीनपछि व्यापार घाटा बढी हुनेमुलुकहरूमा इन्डोनेसिया, भियतनाम, थाइल्यान्ड, अर्जेटिनालगायत मुलुकहरू छन्। व्यापार घाटा हुने मुलुकहरूमा प्रायः भारत र चीन पहिलोदेस्रोदेखिए पनि तेस्रोर चौथोमुलुकहरू भनेफरक फरक हुनेगरको छ ।
दस महिनामा १ सय ५२ मुलुकहरूसँग नेपालले विभिन्न सामग्री आयात/निर्यातकोकारोबार गरकोे छ । यसमध्ये १ सय २८ मुलुकमा निर्यात भन्दा आयात बढी भई व्यापार घाटा भएको छ । बाँकी २४ मुलुकहरूमा भने आयातभन्दा निर्यात बढी गर्न सफल भएकोछ । तर, त्यस्तोनिर्यात रकम भने निकै कम अंकमा छ । निर्यात बढी भएको रकम निकै न्यून भएकाले व्यापार घाटाको अंकलाई यसले खासैअसर पार्दैन ।
१० महिनासम्म भएको व्यापार घाटा र निर्यातकोयोतथ्यांकलेनिर्यात प्रर्वद्धन तथा आयात प्रतिस्थापनका लागि सरकारले गरेका कार्यक्रम विफल हुँदै गएकोदेखिन्छ । सरकारलेव्यापार घाटा कम गर्न समय–समयमा थुप्रै नीतिगत प्रयासहरू गरेपनि उपलब्धि भनेहासिल हुन सकेकोछैन ।
सरकारले हरेक वर्ष आयात प्रतिस्थापनका कार्यक्रमहरू सार्वजनिक गर्ने गरको छ । अगामी वर्षको बजेटमा पनि निर्यात प्रवद्र्धन र आयात प्रतिस्थापनका लागि थुप्रैसुधारका योजनाहरू अघि सारिएको छ ।
यसबाहेक वार्षिक विकास कार्यक्रम, बजेट, नीति तथा कार्यक्रम तथा अन्य सरोकारवाला मन्त्रालयहरूले घाटा कम गर्ने उपाय भन्दै वर्षैपिच्छे नयाँ नयाँ कार्यक्रम सार्वजनिक गर्छन्। तर, ती कार्यक्रमकोसम्भाव्यता, प्रभावकारिता र अनुगमन भनेसधैं फितलोहुनेगरको छ ।
व्यापार घाटा कम र निर्यात प्रवद्र्धनका लागि सरकारले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र स्थापना पनि गरको छ । मुलुकको निर्यात सम्भावना भएका उत्कृष्ट वस्तुहरूको सूची तयार पारी निर्यात र प्रवद्र्धनात्मक कार्यक्रमसमेत भइरहेका छन्। हालसम्म तुलनात्मक लाभका १२ सहित निर्यात सम्भावनाका नेपाली सामग्री २४ वटा हुन्। तर, तथ्यांकअनुसार तुलनात्मक लाभका वस्तुको निर्यातको अवस्थासमेत निराशाजनक छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस