Like us!
Follow us!
Connect us!
Watch us!

लेखा समितिले सरकारलाई सोध्यो, निगमको जहाज खरिदमा गडबडी भएको हो ?

विहीबार, ११ असोज २०७५, १४ : २९ मा प्रकाशित

लेखा समितिले सरकारलाई सोध्यो, निगमको जहाज खरिदमा गडबडी भएको हो ?

अर्थ संसार, काठमाडौँ- प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायु सेवा निगमका वाइडबडी विमान खरीद प्रकरणमा अनियमितता भएको भन्ने विषयमा अध्ययन गर्ने भएको छ ।

समितिको आजको बैठकमा सांसदले वाइडबडी खरीदमा अनियमितता भएको भन्ने विषयमा सम्बन्धित अधिकारीसँग आवश्यक छलफल गर्नुपर्ने सुझाव दिएका थिए ।

  उहाँहरुले महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको बेरुजु सम्बन्धमा अध्ययन गरी असुलउपर गर्नुपर्ने रकम असुल गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने बताएका थिए । सांसदले महालेखा परीक्षकको लेखा परीक्षणको प्रभावकारिताका सम्बन्धमा समेत चासो राखेका थिए ।

महालेखा परीक्षकको कार्यालयले समेत वाइडबडी खरीद अनियमितता सम्बन्धमा प्रतिवेदन तयार गरेको छ । समितिको शुक्रबार बस्ने बैठकले वाइडबडी खरीद प्रकरण र अन्य बेरुजुका बारेमा महालेखा परीक्षकसँग छलफल गर्ने समिति सभापति भरतकुमार शाहले जानकारी दिनुभयो ।

बैठकमा हृदयेश त्रिपाठी, विरोध खतिवडा, राजेन्द्रकुमार केसी, प्रेमबहादुर आले, पुष्पाकुमारी कर्ण कायस्त, धर्मशिला चापागाईलगायतले वाइडबडी विमान खरीद अनियमितता, बेरुजु फछ्र्योट, द्रुतमार्ग निर्माणलगायत विषयमा चासो व्यक्त गरेका थिए ।

यो पनि पढ्नुहोस्

सेबोनले दियो शेयर ब्रोकर कम्पनीलाई कडा निर्देशन, कानून नमान्नेलाई कारवाही गर्ने तयारी FacebookMessengerTwitterGoogle+Email

गरिमाको १३.७५ % लाभांश शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

अब सरकारले नै मलेसियमा कामदार पठाउने, दलाल राज अन्त्य हुँदै 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको