नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको आक्रमणको कडा शब्दमा निन्दा गरेका छन्। उनले लोकतान्त्रिक समाजमा असहमति स्वाभाविक भए पनि हिंसात्मक तथा अपमानजनक गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने बताएका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै थापाले लोकतन्त्रमा फरक विचार राख्ने अधिकार सबैलाई भए पनि त्यसको अभिव्यक्ति मर्यादित र लोकतान्त्रिक विधिबाट हुनुपर्ने धारणा राखेका छन्।
उनले कुनै पनि व्यक्तिमाथि कालो मसी प्रहार गर्ने, दुर्व्यवहार गर्ने वा अराजक गतिविधिमा उत्रिने कार्य लोकतान्त्रिक संस्कारविपरीत रहेको उल्लेख गर्दै यस्ता घटनाले स्वस्थ राजनीतिक अभ्यासलाई कमजोर बनाउने बताएका छन्।
सांसद गणेश पौडेलमाथि भएको आक्रमणको निन्दा गर्दै थापाले असहमतिको समाधान हिंसा वा अपमानबाट नभई संवाद, बहस र लोकतान्त्रिक प्रक्रियामार्फत खोजिनुपर्नेमा जोड दिएका छन्।
‘असहमति भए त्यसको उत्तर संवाद, बहस र लोकतान्त्रिक प्रक्रियाबाट दिनुपर्छ, हिंसा वा अपमानबाट होइन,’ थापाले फेसबुकमा लेखेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस