Like us!
Follow us!
Connect us!
Watch us!

सर्वाधिक आयकर तिर्ने व्यक्ति सिद्धार्थ शमशेर, कम्पनीमा सूर्य नेपाल,अभिवृद्धि कर तिर्नेमा घोराही

शनिबार, ०१ मंसिर २०७५, १३ : ०२ मा प्रकाशित

सर्वाधिक आयकर तिर्ने व्यक्ति सिद्धार्थ शमशेर, कम्पनीमा सूर्य नेपाल,अभिवृद्धि कर तिर्नेमा घोराही

अर्थमन्त्रालय आन्तरिक राजस्व विभागद्धारा आयोजित सातौं राष्ट्रिय कर दिवस समारोहमा अर्थमन्त्री डा। युवराज खतिवडाले राजस्व तिर्ने संघसंस्थाका प्रतिनिधिहरुलाई सम्मान पत्र वितरण पछि सामूहिक तस्वीर खिचाउँदै । तस्वीर : प्रदीपराज वन्त,रासस

अर्थ संसार, काठमाडौं–  सरकारले कर दिवसको अवसरमा गएको वर्ष व्यापार, व्यवसाय बापत धेरै कर तिर्ने व्यक्ति र कम्पनीलाई सम्मान गरेको छ ।

आन्तरिक राजस्व विभागले सातौं राष्ट्रिय कर दिवसको अवसरमा १५  विधामा सवै भन्दा बढी धेरै कर तिर्ने व्यक्ति र कम्पनीलाई अर्थमन्त्रीले  डा युवराज खतिवडाले कर तिर्नेलाई सम्मान गरेका हुन् ।

सबैभन्दा धेरै आयकर तिरेर सिप्रदी ट्रेडिङका सभापति सिद्धार्थ शमशेर जबरा सम्मानित भएका छन्।  त्यसैगरी त्यस्तै कम्पनीतर्फ सूर्य नेपाल सम्मानित भएको छ । यस्तै मूल्य अभिवृद्धि कर तिर्नेमा घोराही सिमेन्ट सम्मानित भएको छ।

१५ विधामा सर्वाधिक कर तिर्नेको सूची यस्तो छः

सबैभन्दा बढी आयकर तिर्ने

सूर्य नेपाल

निर्यात गर्नेमा सबैभन्दा बढी आयकर तिर्ने

डाबर नेपाल

उद्योगबाट

हिमाल पावर

कृषि

प्रो वायोटेक प्राली (निम्बस)

सहकारी र लघुवित्त

छिमेक लघुवित्त कम्पनी

बैंक तथा वित्तीय संस्था

नविल बैंक

बीमा

नेपाल पुनर्बीमा कम्पनी

स्वास्थ्य शिक्षा

नोवल मेडिकल कलेज तथा शिक्षण अस्पताल

सूचना प्रविधि

एफ वान सफ्ट

पर्यटन

तारागाउँ रिजेन्सी (हायात होटल)

व्यापार

सिप्रदी ट्रेडिङ

वार्षिक ४० करोडको कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट प्रालि

० देखि ८० करोड कारोबार गर्नेबाट

धितोपत्र बोर्ड

व्यक्तिगत तर्फ

सिद्धार्थ शमशेर जबरा

२०७३/०७४ सम्म विवरण बुझाएर सबैभन्दा बढी मूल्यअभिवृद्धि कर तिर्ने

घोराही सिमेन्ट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको