Like us!
Follow us!
Connect us!
Watch us!

नागढुंगा सुरुङमार्ग - यात्रा गर्दा कुन सवारीले कति तिर्नुपर्छ शुल्क ?

अर्थ संसार

सोमबार, ११ साउन २०८३, ११ : ५२ मा प्रकाशित

नागढुंगा सुरुङमार्ग - यात्रा गर्दा कुन सवारीले कति तिर्नुपर्छ शुल्क ?

काठमाडौँ र धादिङलाई जोड्ने गरी करिब २९ अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको मुलुकको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘थानकोट–नागढुंगा–सिस्नेखोला सुरुङमार्ग’ शिलान्यासको सात वर्षपछि सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु र जाइकाका अध्यक्ष डा. तानाका अकिहिकोले संयुक्त रूपमा रिबन काटेर यसको उद्घाटन गरे।

मन्त्री बनेको चार महिनामै यो ऐतिहासिक अवसर पाएका लम्सालको नाम आयोजनास्थलमा राखिएको नयाँ सुनौलो शिलालेखमा अभिलेखित गरिएको छ भने नेपाल र जापानको झण्डासहितको अर्को शिलालेख पनि अनावरण गरिएको छ। सुरुवाती चरणमा आपतकालीन सेवाका सवारी साधनले मात्र प्रयोग गर्न पाउने यो सुरुङमार्ग तीन महिनापछि मात्र सर्वसाधारणका लागि पूर्ण रूपमा खुला गरिनेछ।

सवारी शुल्क

सुरुङमार्ग प्रयोगबापत सरकारले सडक बोर्ड ऐन,२०५८ को दफा ६ को उपदफा (१) अनुसार काठमाडौँ प्रवेश गर्दा र बाहिरिँदा फरक-फरक शुल्क निर्धारण गरेको छ। जसअनुसार कार-भ्यान जस्ता हलुका सवारीलाई प्रवेशमा ६५ र बाहिरिँदा ६० रुपैयाँ, मिनी बस, मिनी टिपर/ट्रकलाई ११५ र ८० रुपैयाँ, ठूला बस तथा ट्रकलाई २६० र २०० रुपैयाँ शुल्क तोकिएको छ । मल्टी एक्सल ट्रक/सवारीसाधन तथा भारी सवारीसाधनलाई प्रवेशमा ६०० र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ।

यो आयोजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सोच र पहलमा शिलान्यास भएको भए पनि हाल आयोजनास्थलमा उनको नामको शिलान्यास अभिलेख छैन। उक्त पुरानो शिलालेख निर्माणस्थलबाट हटाएर सडक विभागमा राखिएको र पछि ‘जेनजी आन्दोलन’का क्रममा जलेर नष्ट भएको दाबी गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको