Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा एकाएक चमक, ३२ अंकले बढेको बजारमा ८७ करोडको कारोबार

आइतबार, ०८ पुस २०७५, १५ : २४ मा प्रकाशित

शेयर बजारमा एकाएक चमक, ३२ अंकले बढेको बजारमा ८७ करोडको कारोबार

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार शेयर बजार ३२.२४ अंकले बढेको छ । कुल १६४ वटा कम्पनीको २८ लाख १२ हजार २१२ कित्ता शेयर खरिदविक्री हुँदा ८७ करोड ५५ लाख७२ हजार ७ सय ६३ रुपैयाँको कारोबार भएको छ ।

पूँजी बजारको सुधारकलागि गठन भएको अध्ययन समितिले गतसाता मुद्रा बजार र पूँजी बजारको सुधारकलागि ५८ बुँदे सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो। यसैको प्रभाव बजारमा देखिएको हो।

कारोबार भएको समूहमध्ये उत्पादन समूह बाहेक अरु सवै समूहमा हरियाली छाउँदा नेप्से इन्डेक्स ११६६.३३ विन्दुबाट ह्वात्तै बढेर ११९८.१३३ विन्दुमा आइपुगेको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ७.३१ अंकले बढेको छ । आज सवै भन्दा धेरै नन्नलाइफ इन्स्योरेन्स समूह ३१८ अंकले बढेको छ ।

यो पनि पढ्नुहोस्

हकप्रद त्याग्दै बाणिज्य बैंक, नगद र शेयरमा जोड

कुन बैंकको लाभांश कति (सूचिसहित)

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको