Like us!
Follow us!
Connect us!
Watch us!

एकै दिन एनएमबी माइक्रोफाइनान्स १०९ रुपैयाँले बढ्यो, आज यी १३ कम्पनीले कमाए

आइतबार, ०८ पुस २०७५, १६ : ०० मा प्रकाशित

एकै दिन एनएमबी माइक्रोफाइनान्स १०९ रुपैयाँले बढ्यो,  आज यी १३ कम्पनीले कमाए

अर्थ संसार, काठमाडौं– शेयर बजारमा आइतबार एकाएक उछाल आयो । पूँजी बजारको सुधारकलागि गठन भएको अध्ययन समितिले गतसाता मुद्रा बजार र पूँजी बजारको सुधारकलागि ५८ बुँदे सुझाव सहितको प्रतिवेदन सरकारलाई बुझाएसँगै शेयर बजारमा उछाल आएको हो । र ३२.२४ अंकले बढेको बजारमा ८७ करोड बढीको कारोबार भएको थियो ।

बजारमा एकाएक चमक छाउँदा सवै भन्दा धेरै आइएमई जनरल इनस्योरेन्स ४५ रुपैयाले बढेको छ । त्यसैगरी लुम्विनी जनरल इन्स्योरेन्स ४८ रुपैयाँ, कालिका लद्युवित्त वित्तीय संस्था ८७ रुपैयाँ,  नागवेली लद्युवित्तवित्त विकास बैंक ८२ रुपैयाँ, गुँरास लाइफ इन्स्योरेन्स ६२ रुपैयाँ, ओम माइक्रोफाइनान्स वित्तीय संस्था ८८ रुपैयाँ, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था १०९ रुपैयाँ, सिभिल लद्युवित्त वित्तीय संस्था ५८ रुपैयाँ, लक्षी लद्युवित्त वित्तीय संस्था ७३ रुपैयाँ, महिला सहयात्री माइक्रोफाइनान्स वित्तीय संस्था ४९ रुपैयाँ, ग्लोबल आइएमई लद्युवित्त वित्तीय संस्था ९९ रुपैयाँ, प्रुडेन्सियल इनस्योरेन्स ६१ रुपैयाँ, लुम्विनी विकास बैंक १६ रुपैयाँ, युनाइटेड इन्स्योरेन्स ६२ रुपैयाँ, प्राइम लाइफ इन्स्योरेन्स ३५ रुपैयाँ, नेको इन्स्योरेन्स ४० रुपैयाँ, नेरुडे लद्युवित्त विकास बैंक ३६ रुपैयाँ र एशियन लाइफ इन्स्योरेन्स ४३ रुपैयाँले बढेको छ ।

यो पनि पढ्नुहोस्

हकप्रद त्याग्दै बाणिज्य बैंक, नगद र शेयरमा जोड, कुन बैंकको लाभांश कति (सूचिसहित)

शेयर बजारमा एकाएक चमक, ३२ अंकले बढेको बजारमा ८७ करोडको कारोबार 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको