Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारको चमक २४ घण्टा पनि टिकेन, ६.४५ अंकले घटेको बजारमा ७९ करोडको कारोबार

सोमबार, ०९ पुस २०७५, १५ : २५ मा प्रकाशित

शेयर बजारको चमक २४ घण्टा पनि टिकेन, ६.४५ अंकले घटेको बजारमा ७९ करोडको कारोबार

हेरौं, आजको शेयर तालिका

अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन आइतबार एकाएक उचालिएको शेयर बजार आज (सोमबार) ओरालो  लागेको छ । आइतबार ३२ अंकले बढेको  बजार आज ६.४५ अंकले घटेको छ ।

आइतबार ८७ करोडको कारोबार भएको बजारमा आज कुल १६८ वटा कम्पनीको २२ लाख ७६ हजार १७५ कित्ता शेयर खरिदविक्री हुँदा ७९ करोड ८७ लाख १८ हजार ०५३ रुपैयाँको कारोबार भएको छ । हिजोको तुलनामा ८ करोड कम हो ।

क वर्गको शेयर मापन गर्ने सेन्सटेभि परिसूचक समेत १.७ अंकले घटेको  छ ।कारोबार भएको समूह मिश्रित रंङ्गले पोतिएको छ ।  कारोबार भएको १ घण्टामा १२ सयमाथि पुगेको नेप्से विस्तारै ओराला लागेर बजार बन्दा हुँदासम्म ११९१.७४ विन्दुमा आइपुगेको छ ।

सामान्य अंकले घटेको बजारमा सवै भन्दा धेरै ग्लोबल आइएमइ लद्युवित्त वित्तीय संस्थाका र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले आफ्नो आम्दानी १० प्रतिशतले बढाएका छन् । यता, सवै धेरै विशाल बजार कम्पनीले लिमिटेडका कम्पनीले झण्डै ८ प्रतिशतले आफ्ना आम्दानी गुमाएका छन् ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको