Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार राताम्मै : नेप्से ५.७१ अंकले घट्दा ४२ करोडको कारोबार

मंगलबार, १० पुस २०७५, १५ : ०९ मा प्रकाशित

शेयर बजार  राताम्मै  : नेप्से ५.७१ अंकले घट्दा ४२ करोडको कारोबार

हेरौं, मंगलबार शेयर तालिका

अर्थ संसार, काठमाडौं–पुँजी बजार आज (मंगलबार) पनि सामान्य अंकले गिरावट भएको छ ।  बजार ५.७१ अंकले घट्दा कुल १६५ वटा कम्पनीको १२ लाख ४१ हजार ८ सय ४३ कित्ता शेयर खरिदविक्री हुँदा ४२ करोड १३ लाख १६ हजार ७ सय २३ रुपैयाँको कारोबार भएको छ ।

सोमबार बजार शेयर बजारमा ७९ करोडको कारोबार भएको थियो । कारोबार भएको सवै समूह राताम्मै हुँदा नेप्से इन्डेक्स ११८५.९० विन्दुमा आइपुगेको छ । 

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.२७ अंकले घटेको छ । कारोबार भएको समूह मध्ये धेरै लाइफ इन्स्योरेन्स समूह २९.३६ अंकले घटेको छ ।

सामान्य अंकले घटेको बजारमा मल्टीपर्पस फिनान्स कम्प्नी झण्डै १० प्रतिशतले बढेको छ । यता, सवै भन्दा एनएमबी बैंक लिमिटेडको संस्थापक शेयर झण्डै १० प्रतिशतले घटेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको