Like us!
Follow us!
Connect us!
Watch us!

स्टकले किन गर्यो आशुतोष सेक्युरिटीजलाई कारवाही ?

बुधबार, ११ पुस २०७५, १२ : ०५ मा प्रकाशित

स्टकले किन गर्यो आशुतोष सेक्युरिटीजलाई कारवाही ?

अर्थ संसार, काठमाडौं - नेपाल स्टक एक्सचेञ्जले आशुतोष ब्रोकरेज एण्ड सेक्युरिटिजलाई धितोपत्रको कारोवारमा रोक लगाएको छ ।

सो कम्पनीका सञ्चालक कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश भएको पाइएकाले कालोसूचीमा पर्नका कारण तथा तथ्य खुलाई सात दिनभित्र पेश गर्न स्टकले निर्देशनसमेत दिएको छ । स्टकले आज उक्त निर्णय गरेको हो ।

धितोपत्र  व्यवसायी नियमावली, २०६४ को नियम १८ मा सञ्चालक वा कार्यकारी प्रमुखको आयोग्यता आफू अथवा आफू सञ्चालक तथा कार्यकारी प्रमुख रहेको कम्पनी वा सङ्गठित संस्था कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको अवधिभर कारोवार गर्न नपाउने व्यवस्था रहेको छ ।

सो कम्पनीबाट कारोबार राफसाफ तथा फछ्र्यौटलगायत अन्य कारोवार हालका लागि नेप्सेसँग समन्वय गरेर मात्र गर्न भनिएको स्टकका कायम मुकायम सहायक प्रबन्धक सुरेश जोशीले जानकारी दिनुभयो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको