Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ कम्पनीको शेयर मूल्य समायोजन

आइतबार, १५ पुस २०७५, १२ : ०९ मा प्रकाशित

नेप्सेमा ६ कम्पनीको शेयर मूल्य समायोजन

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा (आज) आइतबार ६ कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।

स्टकका अनुसार फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, आरएसडिसी लद्युवित्त वित्तीय संस्था लिमिटेड, सिर्जना फाइनान्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड, कावेली विकास बैंक लिमिटेड र  एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको हो ।

ती कम्पनीले आर्थिक वर्ष २०७४\७५ को नाफाबाट प्रस्ताव गरिएको नगद लाभांश र शेयर लाभांशसहित नयाँ शेयर मूल्य तोकिएको स्टकले जनाएको छ ।

फरवार्ड कम्युनिटि माइक्रोफाइनान्स वित्तीय संस्था

यस संस्थाले २०७४\७५ मा गरेको नाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा आज प्रतिकित्ता १ हजार ४ सय ८७ रुपैयाँ २० पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ । संस्थाको औषत आधार शेयर मूल्य १ हजार २ सय ८१ रुपैयाँ ९४ पैसा कायम  भएको छ ।

आरएसडिसी लद्युवित्त वित्तीय संस्था

गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर दिने निर्णय अनुसार नेप्सेले आज प्रतिकित्ता ३ सय ९८ रुपैयाँ १८ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ । जसको लागि औषत आधार शेयर मूल्य ५ सय ८९ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

सर्जना फाइनान्स लिमिटेड

यस फाइनान्सले १५ प्रतिशत बोनस शेयर दिने निर्णय अनुसार आज नेप्सेले  २ सय ३२ रुपैयाँ १७ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ । जसको लागि औषत आधार शेयर मूल्य २ सय ८० रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।

ग्लोबल आइएमई बैंक लिमिटेड

यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १६ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको थियो । सोहीलाई आधार मानेर आज प्रतिकित्ता २ सय ७९ रुपैयाँ ३१ पैसा हुने गरी शेयर मूल्य समायोजन भएको छ । बैंकको औषत आधार शेयर मूल्य ३ सय ३४ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

कावेली विकास बैंक लिमिटेड

यस बैंकको ३५ प्रतिशत बोनस शेयरपछि आज नेप्सेले प्रतिकित्ता २ सय ४० रुपैयाँ ७४ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ । बैंको औषत आधार शेयर मूल्य ३ सय ६१ रुपैयाँ ८७ कायम गरिएको छ ।

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था

नेप्सेले यस माइक्रोफाइनान्सको १५ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता १ हजार १ सय ६१ रुपैयाँ ७४ पैसा हुने गरी शेयर मूल्य समायोजन गरेको छ । जसको औषत आधार शेयर मूल्य १ हजार ३ सय ९ रुपैयाँ ३७ पैसाँ कायम भएको छ ।  आधार मूल्य १८० दिनको कारोवारका आधारमा तय गरिने व्यवस्था छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको