Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार : ११ अंकले घटेको बजारमा ४५ करोडको कारोबार

आइतबार, १५ पुस २०७५, १५ : २२ मा प्रकाशित

शेयर बजार :  ११ अंकले घटेको बजारमा ४५ करोडको कारोबार

हेरौं, आजको शेयर तालिका

अर्थ संसार,काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार पुँजी बजार १०.६२ अंकले घटेको  छ ।  १६८ वटा कम्पनीको १२ लाख ३६ हजार ३ सय ४३ कित्ता शेयर खरिदविक्री हुँदा ४५ करोड ४२ लाख ८४ हजार ३९३ रुपैयाँको कारोबार भएको छ ।

गत विहीबार सामान्य अंकले घटेको बजारमा १ अर्बको कारोबार भएको थियो ।  कारोबार भएको समूहमध्ये ८ वटा समूह ओरालो नेप्से इन्डेक्स १२०४.५४ विन्दुमा आइपुगेको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत २.६६ अंकले घटेको छ ।  कारोबार भएको समुहमध्ये होटल, निर्जीवन लाईफ इन्स्योरेन्स र उत्पादन समूह बढेपनि अरु सवै समूह घटेका छन् ।

सामान्य अंकले घटेको बजारमा मल्टीपर्पस फिनान्स कम्पनी सवै भन्द धेरै ९.४२ प्रतिशतले बढेको छ । यता, सवै भन्दा बढी  कावेली विकास बैंक ९.४४ प्रतिशतले घटेको छ ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको