Like us!
Follow us!
Connect us!
Watch us!

पाँचथर पावर कम्पनीलाई ९ लाख ६२ हजार कित्ता आइपिओ बिक्रीको अनुमति

सोमबार, १६ पुस २०७५, ११ : ३० मा प्रकाशित

पाँचथर पावर कम्पनीलाई ९ लाख ६२ हजार कित्ता  आइपिओ बिक्रीको अनुमति

अर्थ संसार, काठमाडौं–  नेपाल धितोपत्र बोर्डले पाँचथर पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले सो कम्पनीलाई आयोजना प्रभावित पाँचथर जिल्लाका लागि नौ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो ।

सो कम्पनीले १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित पाँचथरवासीलाई शेयर बिक्री गर्नेछ ।

दोस्रो चरणमा आम सर्वसाधारणलाई शेयर बिक्री गर्ने तयारी गरेको छ । इक्रा नेपालले सो कम्पनीको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार रेटिङ दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको