Like us!
Follow us!
Connect us!
Watch us!
१.३६ अंकले घटेको बजारमा २२ करोडको कारोबार

शेयर बजारले गर्यो नयाँ वर्षलाई रातो रङ्गले स्वागत

मंगलबार, १७ पुस २०७५, १६ : ०९ मा प्रकाशित

शेयर बजारले गर्यो नयाँ वर्षलाई रातो रङ्गले स्वागत

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ३६ बिन्दुले घटेर एक हजार १८५ दशमलव ९१ बिन्दुमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३३ बिन्दुले घटेर २५१ दशमलव ८३ बिन्दुमा झरेको छ । स्टकका अनुसार आज नेप्से परिसूचकको साथ साथै कारोवार रकमसमेत घटेको छ । कूल १५६ कम्पनीको छ लाख ८९ हजार ७२० कित्ता शेयर रु २२ करोड ८५ लाख ४३ हजार ४१५ मूल्यमा खरीद बिक्री भयो ।

कारोवार भएका कूल नौ उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ । त्यसमा निर्जीवन बीमा नौ दशमलव ७२, लघुवित्त तीन दशमलव २४ र जीवन बीमा शून्य दशमलव ६३ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ दुई दशमलव १३, होटल चार दशमलव ९१, विकास बैंक एक दशमलव ४५, जलविद्युत् तीन दशमलव ८६, वित्त शून्य दशमलव ३४ र अन्य शून्य दशमलव शुन्य दुई बिन्दुले घटेको छ ।

घटेको बजारमा कालिका लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था सिद्धार्थ इन्स्यारेन्स कम्पनीका शेयरधनीले आज कमाएका छन् ।

साङ्ग्रिला डेभलपमेन्ट बैंक, राधी विद्युत् कम्पनी, प्रभु बैंक, नागबेली लघुवित्त विकास बैंक र कालिका पावर कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।

यो पनि पढुनुहोस्

नेप्सेमा नेपाल कम्यूनिटी, सिटिजन्स, सांग्रिला, हाइड्रोइलेक्ट्रीसिटी र समीटको शेयर मूल्य समायोजन

१५ करोड बराबरको आइपिओ बिक्री गर्दै चन्द्रागिरी केवलकार

एनएमबी, लक्ष्मी, सीबीआईएल र एनआईसी एसिया क्यापिटललाई सेबोनको कारवाही, किन ?

मंगलबार कालिका माइक्रोफाइनान्स शेयरधनीको प्रतिकित्ता ९० रुपैयाँ कमाए, अरु कम्पनी कतिले कमाए (सूचिसहित)

मेगा बैंकद्वारा ग्राहकलाई विशेष सुविधा 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको