Like us!
Follow us!
Connect us!
Watch us!

पैसा ठिक पार्नुहोस्, घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार कित्ता आइपिओ बिहीबारदेखि बिक्री शुरु

बुधबार, १८ पुस २०७५, १२ : ३७ मा प्रकाशित

पैसा ठिक पार्नुहोस्, घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार कित्ता आइपिओ बिहीबारदेखि बिक्री शुरु

अर्थ संसार, काठमाडौ–  म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाले   १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) पुष १९ अर्थात बिहीबारदेखि बिक्री  हुने भएको छ ।

विक्री प्रबन्धक भिबोर क्यापिटलको अनुसार पुष १९ गतेदेखि निश्कासन हुने आइपिओ छिटोमा २३ पुुष र ढिलोमा १८ माघमा बन्द हुनेछ ।  

घलेम्दी हाइड्रो प्रालिले म्याग्दीमा चार मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । धितोपत्र बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले सो आयोजनालाई स्वीकृति दिएको छ । आयोजनाले केही समय पहिले आयोजना प्रभावित म्यादीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।

कम्पनीले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका लागि पाँच लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो ।

स्थानीय आयोजना प्रभावितलाई बिक्री गर्दा बाँकी रहेको आयोजनाले सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको