Like us!
Follow us!
Connect us!
Watch us!

बिहिबारदेखि घलेम्दीको आइपिओ, न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने

बुधबार, १८ पुस २०७५, १९ : ४९ मा प्रकाशित

बिहिबारदेखि घलेम्दीको आइपिओ, न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने

अर्थ संसार, काठमाडौँ– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले यही पुस १९ गतेदेखि साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ ।

कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री गर्न लागेको हो । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । यही पुस १९ गतेदेखि बिक्री सुरु हुने आइपिओ छिटोमा पुस २३ र ढिलोमा माघ १८ गतेसम्म बिक्री गरिनेछ ।

कम्पनीको आइपिओमा न्यूनतम ५०  कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन  दिन सकिनेछ ।

घलेम्दी हाइड्रो प्रालिले म्याग्दीमा ५  मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । धितोपत्र बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले सो आयोजनालाई स्वीकृति दिएको छ । आयोजनाले केही समय पहिले आयोजना प्रभावित म्यादीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।

कम्पनीले गत असार २२ गतेदेखि साउन २२ गतेसम्म आयोजना प्रभावित क्षेत्रका लागि पाँच लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो ।

स्थानीय आयोजना प्रभावितलाई बिक्री गर्दा बाँकी रहेको आयोजनाले सर्वसाधारणलाई साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेड छ ।

5c2cc88ac1d7e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको