Like us!
Follow us!
Connect us!
Watch us!

शिवश्री हाइड्रोको १४ करोड ७६ लाखको आइपिओ पुस २७ देखि खुल्ने

विहीबार, १९ पुस २०७५, ११ : ३० मा प्रकाशित

शिवश्री हाइड्रोको १४ करोड ७६ लाखको आइपिओ पुस २७ देखि खुल्ने

अर्थ संसार, काठमाडौं– शिवश्री हाइड्रो पावर लिमिटेडले आगामी पुस २७ गतेबाट स्थानीयलाई शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीले सिन्धुपाल्चोकमा निर्माणाधीन २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाप्रभावित स्थानीका लागि छुट्याइएको सेयर निष्कासन गरेर बाँडफाँड गर्न लागेको हो ।

नोट : घलेम्दीको आइपिओ आजदेखि, न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन पाइने 

निष्कासन हुने सेयर स्वपुँजी लगानीको १० प्रतिशत हो । पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र सिन्धुपाल्चोकबासीका लागि प्रतिकित्ता एक सय रुपैयाँमा रु १४ करोड ७६ लाख ४० हजार मूल्यको १४ लाख ७६हजार ४ सय कित्ता सेयर बाँडफाँड हुने कम्पनीका अध्यक्ष उमेश कसजुले बताए ।

उनका अनुसार न्युनतम ५० देखि अधिकतम ७ हजार ८ सय ३० कित्तासम्मका लागि स्थानीयले आवेदन दिन पाउने छन् । स्थानीय लगानीकर्ताले आगामी माघ ११ गतेसम्म जिल्लामा तोकिएका बैंक तथा वित्तीय संस्थामार्फत सेयर आवदेन दिनु पर्नेछ ।

सेयर निष्कासन गरेर बाँडफाँड गर्न नेपाल धितोपत्र बोर्डले गत पुस १० गते कम्पनीलाई स्वीकृति दिएको थियो । कम्पनीको सेयर निष्कासन गरेर बाँडफाँड गर्ने जिम्मेवारी सिद्धार्थ क्यापिटललाई दिइएको छ । दोस्रो चरणमा सर्वसाधारणका लागि आयोजनाको सेयर निष्कासन गरिने कम्पनीले जनाएको छ ।

सिन्धुपाल्चोकमा कम्पनीले निर्माण गरिरहेको आयोजना ९७ प्रतिशत पूरा भएको छ । आयोजनाबाट आगामी माघदेखि विद्युत उत्पादन गर्ने तालिका छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको