अर्थ संसार, काठमाडौं– घलेम्दी हाइड्रो लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) मा लगानीकर्ता झुमिएका छन् । पुष १९ अर्थात बिहीबार आइपिओ निश्कासन गरेको पहिलो दिनमै ६ करोड ९० लाख ५ हजार रुपैयाँको आवेदन परेको छ ।
बिक्री प्रबन्धक भिबोर क्यापिटलका बिजनेश हेड पवन रेग्मीका अनुसार बेलुका ६ः०० बजेसम्म ८ हजार ९ सय जनाले ६ लाख ९० हजार ५० कित्ताका लागि आवेदन दिएका छन् ।बुलेकासम्म अझै बढ्ने छ । सिआस्वाबाट २४ सै घण्टा आवेदन दिन सकिने भएकाले आवेदकको संख्या प्रत्यके मिनेटमा बढ्ने छ । यो तथ्याङकलाई हेर्दा लगानीकर्ताको रोजाइमा घलेम्दीको आइपिओ परेको देखिन्छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले पुष १९गतेदेखि पुष २३ गतेसम्म साधारण शेयर(आइपिओ) बिक्री सुरु गरेको छ ।
कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा भिबोर क्यापिटल रहेको छ । आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
कम्पनीले म्याग्दीमा पाँच मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस