Like us!
Follow us!
Connect us!
Watch us!

घलेम्दीको आइपिओ : २ बजेसम्म १३ करोड ४५ लाखबढीको आवेदन

शुक्रबार, २० पुस २०७५, १४ : १९ मा प्रकाशित

घलेम्दीको आइपिओ : २ बजेसम्म १३ करोड ४५ लाखबढीको आवेदन

अर्थ संसार, काठमाडौं–  घलेम्दी हाइड्रो लिमिटेडले निश्कासन गरेको साधारण शेयर (आइपिओ) लगानीकर्ताको रोजाइमा परेको छ ।

बिहीबार अर्थात पुष १९ गतेदेखि निश्कासन गरेको आइपिओ आज (शुक्रबार) दिउँसो २ बजेसम्म १३ करोड ४५ लाख ९० हजारको आवेदन परेको छ ।  बिक्री प्रबन्धक भिबोर क्यापिटलका बिजनेश हेड पवन रेग्मीका अनुसार १८ हजार १४ जना आवेदकले १३ लाख ४५ हजार ९ सय कित्ताका लागि आवेदन दिएका छन् । यो समाचार तयार पर्दासम्मको तथ्याङकलाई हेर्दा आज (शुक्रबार) बेलुकासम्म  खुल्ला गरिएको सवै कित्तामा आवेदन पर्ने अनुमान गर्न सकिन्छ ।

कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको हो । अब १ लाख ६७ हजार ८७० कित्ता बाँकी छ । यस कम्पनीको आइपिओमा लगानी गर्ने इच्छुक लगानीकर्ताले  पुष २३ गतेसम्म आवेदन दिन सक्नुहुनेछ । लगानीकर्ताले नजिको जुनसकै बैंकबाट सि आस्वामार्फत आवेदन दिन सक्नेछन् । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले निश्कासन गरेको आइपिओमा आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

कम्पनीले म्याग्दीमा पाँच मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।

5c2f1c96874a5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको