अर्थ संसार
काठमाडौँ –मलेसिया सरकारले रोजगारदातासँग लिने भनिएको ‘विदेशी कामदारको लेभीसम्बन्धी नयाँ नियम’ तत्काल लागू नगर्ने भएको छ । नयाँ नीति लागू नभएपछि मलेसियामा कार्यरत नेपाली कामदारले यसअघिजस्तै मासिक ८ सयदेखि ३ हजार ८ सय रुपैयाँसम्म लेभी तिर्नुपर्ने भएको छ ।
मलेसिया सरकारले यसै वर्ष जनवरी १ देखि लागू हुने भनी गरिएको यसअघिको निर्णयबाटपछि हट्दै एक वर्षसम्मका लागि उक्त नयाँ निर्णय लागू नहुने बताउको छ । यसै वर्ष जनवरीदेखि लागू हुने गरी सबै विदेशी कामदारको लेभी शुल्क उनीहरूका रोजगारदाताले बेहोर्नुपर्ने भन्दै गत वर्ष डिसेम्बर ३१ मा सरकारले नयाँ निर्णयको घोषणा गरेको थियो । नेपालबाट मलेसियामा ७ लाख भन्दा बढी युवायुवतीहरु रोजगारीका लागि गएका छन् । नेपालको जस्तै वातावरण र मौसम भएकाले खाडी राष्ट्र भन्दा मलेसिया जाने नेपालीको संख्या धेरै छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस