Like us!
Follow us!
Connect us!
Watch us!

सोपान फर्मास्युटिकल्सलाई आईपीओ निष्काशन अनुमति

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, २१ : ३२ मा प्रकाशित

सोपान फर्मास्युटिकल्सलाई आईपीओ निष्काशन अनुमति

स्वदेशी औषधि उत्पादन क्षेत्रमा सक्रिय सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गरेको छ। नेपाल धितोपत्र बोर्डले फागुन १७ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको हो।

अनुमतिपछि कम्पनीले अब कुल ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता साधारण सेयर सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गर्दै सर्वसाधारण समूहका लगानीकर्तालाई सेयर उपलब्ध गराउने योजना बनाएको छ।

आईपीओ निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनएमबि क्यापिटल लिमिटेडले पाएको छ। बिक्री प्रबन्धकमार्फत आवश्यक प्रक्रिया पूरा गरी कम्पनीले छिट्टै निष्काशन तालिका सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको