Like us!
Follow us!
Connect us!
Watch us!

चुनाव अघि सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम ६ अर्ब माथि

अर्थ संसार

मंगलबार, १९ फागुन २०८२, १५ : ०५ मा प्रकाशित

चुनाव अघि सेयर बजारमा उच्च वृद्धि, कारोबार रकम ६ अर्ब माथि

चुनाव अघि सेयर बजारमा हरियाली देखिएको छ । मंगलबार सेयर बजार परिसुचक ३८.५२ अंकले बढेर २७१२.४९ विन्दुमा पुगेको हो । यो अघिल्लो कारोबार भन्दा १.४४ प्रतिशतले धेरै हो । 

आज सेयर बजारमा २५४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६ कम्पनीको घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य आज स्थिर रहको छ । आज सेयर सेन्सेटिभ इन्डेक्स पनि ६.२५ अंकले बढेर ४६५.९९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये १२ वटाको मूल्य बढेको छ भने १ वटाको घटेको छ । 

परिसूचक बढेको दिन सेयर बजारमा ६ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३२९ कम्पनीका १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता सेयर ६१ हजार ३२९ पटक खरिद बिक्री हुँदा ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको