Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

अर्थ संसार

आइतबार, १७ फागुन २०८२, १७ : ५९ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा भगवति हाइड्रोपावर, अपि पावर र सोल्टी होटलको बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये, भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ८ लाख ३२ हजार ९२६ कित्ता सेयर सूचीकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर दिएको थियो । त्यस्तै अपि पावरको ३० लाख ३७ हजार ९६३.९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

यता, सोल्टी होटलको १५ लाख ३२ हजार ८९८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीकरण गरिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको