अर्थ संसार, काठमाडौं– घलेम्दी हाइड्रो लिमिटेडले निश्कासन गरको साधारण शेयर (आइपीओ ) मा १४ करोड ५० लाख ३० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
बिक्री प्रबन्धक भिबोर क्यापिटलका बिजनेस हेड पवन रेग्मीका अनुसार दोस्रो दिन शुक्रबार अपरान्ह ४:३० बजेसम्ममा १९ हजार ७ जनाले १४ लाख ५० हजार ३ सय कित्ताका लागि आवेदन दिएका हुन् ।
यो तथ्याङकलाई हेर्दा आज (शुक्रबार) बेलुकासम्म खुल्ला गरिएको सवै कित्तामा आवेदन पर्ने देखिन्छ ।
कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७ सय ७० कित्ता साधारण शेयर (आइपिओ) बिक्री सुरु गरेको हो । अब १ लाख ६७ हजार ८७० कित्ता बाँकी छ । यस कम्पनीको आइपिओमा लगानी गर्ने इच्छुक लगानीकर्ताले पुष २३ गतेसम्म आवेदन दिन सक्नुहुनेछ । लगानीकर्ताले नजिको जुनसकै बैंकबाट सि आस्वामार्फत आवेदन दिन सक्नेछन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा आयोजना स्थल रहेको घलेम्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक घलेम्दी खोला हाइड्रो पावर कम्पनीले निश्कासन गरेको आइपिओमा आवेदकले न्यूनतम ५० कित्ता र अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।
कम्पनीले म्याग्दीमा पाँच मेगावाट क्षमताको आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीले केही समय पहिले आयोजना प्रभावित म्याग्दीवासीका लागि साधारण शेयर बिक्री गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस