अर्थ संसार, काठमाडौं – पाँचथर पावर कम्पनीले यही पुस ३० गतेदेखि कूल ९ लाख ६२ हजार ५०० कित्ता आइपिओ बिक्री गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र पाँचथर जिल्लाको फिदिम नगरपालिका, हिलिहाङ्ग र फालेलुङ्ग गाउँपालिकाका वासिन्दाको लागि शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले पाँचथर जिल्लाको हेवा खोलामा १४.९ मेगवाट क्षमताको आयोजना सञ्चालन गरको छ ।
कम्पनीले आज प्रकाशित गरेको आह्वानपत्रमा सो आयोजनाको प्रतिमेगावट लागत १७ करोड ५४ लाख रुपैयाँ रहेको जनाएको छ ।
केयर रेटिङ नेपालले गरेको रेटिङमा सो कम्पनलिे ग्रेड ४ पाएको छ । त्यो भनेको वित्तीइ अवस्था राम्रो छैन भन्ने हो ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले पाँचथर जिल्लामा रहेको कृषि विकास बैंक, सेञ्चुरी बैंक, गुडविल फाइनान्स र कम्पनीको आयोजना स्थलबाट आवेदन दिन पाउने बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस