Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा जोशी हाइड्रोपावरको सेयर कारोबार खुला, ओपन रेन्ज कति ?

सोमबार, २३ पुस २०७५, १३ : ५१ मा प्रकाशित

नेप्सेमा जोशी हाइड्रोपावरको सेयर कारोबार खुला, ओपन रेन्ज कति ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सोमबारदेखि जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर नेप्सेमा कारोबारका लागि खुला भएको छ । जोशीको पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ९३ रुपैयाँ ६७ पैसादेखि २८१ रुपैयाँ १ पैसासम्म रेन्ज तोकिदिएको छ ।

जोशीको सुरुवाती सेयर कारोबार सोही रोन्जभित्र रहेर हुनेछ । यस्तै, सेयर कारोबारका लागि ‘जेओएसएचआई’ संकेत तोकिएको छ । कम्पनीले आइतबार ३७ लाख १४ हजार कित्ता सेयर नेप्सेमा सूचीकरण गराएको थियो ।

जोशीले मंसिर १६ देखि १९ गतेसम्म निष्कासन गरेको १६ लाख ९० हजार ४७० कित्ता आइपीओसहित उक्त सेयर सूचीकृत भएको हो ।

5c330bd7d27bd.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको