अर्थ संसार, काठमाडौं– पुस मसान्त नजिकिएसँगै कम्पनीहरुलाई हिजोआज साधारणसभा गर्न चटारो परेको छ । (आज) पुष २९ गते ९ वटा कम्पनीले साधारण गर्दैछन् ।
केहीको वार्षिक साधारणसभा जारी भैसकेको छ भने केहीको हुने तयारी भैरहेको छ । वार्षिक साधारण डाकेको सवै कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफाबाट शेयरधनीलाई नगद र बोनस शेयर सहितका एजेण्डाहरु पारित गर्नु रहेको छ ।
कुनको कति बोनस ?
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज ३७ औं वार्षिक साधारणसभा नेपाल स्टक एक्सचेन्ज, सिहदरबार प्लाजमा ४ बजे हुँदैछ । लिमिटडले ६६.६७ प्रतिशत बोनस शेयर र लेखारीक्षक नियुक्त वार्षिक साधारणसभाबाट पारित गर्दैछ ।
त्यसैग गरी सनराइज बैंकको ११ औं वार्षिक साधारणसभा अहिले अमृतभोग क्याटरर्स, कालिकास्थानमा अहिले भैरहेको छ । वार्षिकसाधारसभाले गत वर्षको मुनाफाबाट शेयरधनीलाई प्रस्ताव गरेको ११.५० प्रतिशत नगद लाभांश, संचालक समितिको निर्वाचन र ब्रोकरेज कार्य लगायतका मुद्याहरु पारित गर्नेछ । उक्त लाभांश पुष २१ गतेसम्मका शेयरधनीले पाउनेछन् किन कि पुष २२ गते बुक क्लोजको मिति तोकिएको थियो ।
त्यसै गरी नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ३२ औं वार्षिकसाधारणसभा राष्ट्रिय सभागृह, प्रदर्शनीमागमा अहिले भैरहेको छ । वार्षिक साधारसभाले १८ प्रतिशत बोनस सेयर २२ प्रतिशत नगद र नाम परिवर्तन लगाएका मूख्य एजेण्डाहरु पारित गर्नेछ । बैंकले पुष ११ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।
त्यसै गरी महुली सामुदायिक लद्युवित्र वित्तीय संस्थालेको ६ औं साधारणसभा अहिले भैरहेको छ । केन्द्रीय कार्यायल, महुली सप्तरीमा हुने वार्षिक साधारणसभाले २० प्रतिशत बोनस शेयर र १.०५ प्रतिशत नगद , मर्जर \एक्विजिसन जाने लगायतका एजेण्डाहरु पातिर गर्नेछ । लाभांशको लागि पुष १६ गते बुक क्लोजको मिति तोकेको छ ।
त्यसै गरी हिमालयन पावर पार्टनर लिमिटेडको आफ्नो ६ औं वार्षिक साधारणसभा अम्रपाली व्याक्वेट, भाटभटेनीमा अहिले जारी छ । कम्पनीले वार्षिक प्रतिवेदन पारित गर्ने र लेखापरिक्षक नियुक्त गर्ने एजेण्डा पारित गर्नेछ ।
त्यसैगरी आरएसडिसी लद्युवित्त वित्तीय संस्थाको ५ औं वार्षिकसाधारणसभा एसियन होटेल, कालिकानगर, बुटवलमा अहिले जारी छ । वार्षिक साधारसभाले १० प्रतिशत बोनस शेयर ०.५६ प्रतिशत नगद , सञ्चालक निर्वाचन लगायतका एजेण्डाहरु पारित गर्नेछ । पुष १५ देखि २९ गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।
त्यसैगरी एनएमबि क्यापिटल लिमिटेडले आफ्नो ८ औं वार्षिक साधारणसभा एनएमवि क्यापिटल नागपोखरीमा ठिक ४ः३० बजे हुँदैछ । क्यापिटलले २० प्रतिशत नगद लाभांश, लेखापरिषक नियुक्त लगायतका एजेण्डाहरु पारित गर्दैछ ।
त्यसै गरी सिभिल लद्युवित्त वित्तीय संस्थाको ७ औं वार्षिक साधारणसभा अहिले होटेल अर्किड, त्रिपुरेश्वरमा जारी छ । संस्थाले ४ प्रतिशत बोनस शेयर, ३.८९४ प्रतिशत नगद , १ः१ हकप्रद शेयर निश्कासन लगायतका एजेण्डाहरु पारित गर्नेछ । प्रस्तावित लाभांशको लागि संस्थाले पुष २० गतेदेखि २९ गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।
त्यसै गरी एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ६ औ ह्वाइट हाउस पार्टी प्यालेस, पोखरामा अहिले जारी छ । संस्थाले १५ प्रतिशत बोनस शेयर, ०.७९ प्रतिशत नगद लाभांश, १ः१.५ हकप्रद शेयर निश्कासन लगायतका एजेण्डाहरु पारित गर्देछ । उक्त प्रस्तावि लाभांशको लागि पुष १५ गतेदेखि पुष २९ गतेसम्म बुक क्लोजको मिति तोकेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस