Like us!
Follow us!
Connect us!
Watch us!

लगानीको अवसर खोज्न उद्योग परिसंघले इन्टरपेनरसिप समिट गर्दै

बुधबार, ०९ माघ २०७५, १८ : २२ मा प्रकाशित

लगानीको अवसर खोज्न उद्योग परिसंघले इन्टरपेनरसिप समिट गर्दै

अर्थ संसार, काठमाडौँ – नेपाल उद्योग परिसंघले संघीय नेपालमा लगानीको अवसर तथा आर्थिक वृद्धिको विषयमा नेपाल इन्टरपेनरसिप समिट २०१९ को आयोजना गर्ने भएको छ ।

आगामी फेब्रुअरी १४ मा आयोजना हुने उक्त समिटमा नेपालको लगानीको अवस्था, लगानीको विधि तथा नयाँ नयाँ सोच र खोजका बारेमा विशेष विचार विमर्श गरिने आयोजक संस्थाले जनाएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले समिट बहुआयामिक र अर्थपूर्ण रहेको बताउनुभयो । नेपालमा क्रमशः लगानीको वातावरण बन्दै गएको अवस्थामा सम्मेलनले धेरै ठूलो अर्थ राख्ने उहाँको भनाइ थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने उक्त समितिमा लगानीको अवसर र रोजगारीको सिर्जना, लगानीमैत्री वातावरणको खोजी तथा प्रणालीका विषयमा महत्वपूर्ण छलफल हुनेछ । यस्तै लगानी र सोचको बीचमा रहेको ग्याप तथा सफलताको यात्रा र अवसरको खोजीलगायतका विषयमा महत्वपूर्ण विचार विमर्श हुनेछ ।

समिटमा प्रधानमन्त्री केपी शमौ ओली, नेकपाका अध्यक्ष प्रचण्ड, उद्योग वाणिज्य तथा आपूर्ति मनत्री मातृका प्रसाद यादव, अर्थमन्त्री डा युवराज खतिवडाले आथित्यता ग्रहण गर्ने कार्यक्रम छ । यस्तै पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, डा गोविन्द पोखरेल, गगन थापा, महेश बस्ने, डा पुण्यप्रसाद रेग्मी, डिके अग्रवाल, यामकुमारी खतिवडा, रवि रायमाझी, उपेन्द्र महत्तो, शेखर गोल्छा, भवन भट्ट, सुधिर मित्तल, अनिल शाह, हेमराज ढकाल र पवन गोयलले आफ्नो धारणा राख्ने कार्यक्रम तय गरिएको छ ।

5c486352870f4.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको