Like us!
Follow us!
Connect us!
Watch us!

गण्डकी सरकारकाे बजेट : ३२ अर्ब ९९ करोड ९९ लाख

अर्थ संसार

सोमबार, ०१ असार २०८३, २२ : ०० मा प्रकाशित

गण्डकी सरकारकाे बजेट :  ३२ अर्ब ९९ करोड ९९ लाख

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले प्रदेशसभामा बजेट प्रस्तुत गर्दै समृद्धि र विकासलाई प्राथमिकतामा राखिएको बताए।

कुल बजेटमध्ये पुँजीगततर्फ २० अर्ब २ करोड ६१ लाख (६०.६८ प्रतिशत), चालुतर्फ १२ अर्ब ७२ करोड ३७ लाख (३८.५६ प्रतिशत) र वित्तीय व्यवस्थापनतर्फ २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। स्रोततर्फ संघीय समानीकरण अनुदानबाट ७ अर्ब ८४ करोड ८२ लाख, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख र रोयल्टीबाट ५१ करोड ४८ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको