अर्थ संसार, काठमाडौं – महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले बोलकबोल प्रक्रियाबाट लिलामीमा ल्याएको अवितरित हकप्रदमा आवेदन दिने सोमवार (फागुन १३ गते) अन्तिम दिन रहेको छ ।
कम्पनीले फागुन २ गतेदेखि सर्वसाधारण समूह तर्फको ९ हजार ४५३ कित्ता शेयर बोलकबोल प्रकृयाद्वारा विक्रीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य रू। १०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।
एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि भिन्दा भिन्दै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।
आवेदकले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याको लागि कुनै हद लाग्ने छैन । धितोेपत्र निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस