Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले ६० करोड बराबरको ऋणपत्र आजदेखि बिक्री गर्दै

बुधबार, १५ फागुन २०७५, १० : ४९ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले ६० करोड बराबरको ऋणपत्र आजदेखि बिक्री गर्दै

अर्थ संसार, काठमाडौं– ग्लोबल आइएमई बैंकले आजदेखि १०.२५ प्रतिशत व्याजदरमा सर्वसाधारणको लागि ६ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ ।

बैंकले प्रति कित्ता एक हजार रुपैयाँको दरमा सर्वसाधारणको लागि ६० करोड रुपैयाँको ऋणपत्र छिटोमा फागुन १९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत्र १४ गतेसम्म बिक्री खुला गर्नेछ ।

सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकत ७५ हजार कित्ताको लागि आवेदन  दिन सक्ने छन ्। सार्वजनिक निष्काशनको ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामुहिक लगानीकोषलाई छुट्टाइएको भएपनि तीन हजार कित्ता मात्रै बिक्री भएपछि बाँकी २७ हजार कित्ता समेत सर्वसाधारणको लागि बिक्री खुला गरेको हो ।

५ वर्ष अवधिको यो ऋणपत्रले न्युन कर्जा जोखिम जनाउने रेटिङ इक्राएनपी एलए माइनस प्राप्त गरेको छ । ऋणपत्र खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधाको लागि अनुमति प्राप्त सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट पाइनेछ ।

जम्मा ऋणपत्रको आकार एक अर्ब ५० करोड रुपैयाँको रहेको छ । बोर्डले ऋणपत्र निष्काशन गर्दा सर्वसाधारणको लागि जम्मा ४० प्रतिशत निष्काशन गर्नुपर्ने व्यवस्था गरेको थियो । सर्वसाधारणको लागि ४० प्रतिशत छुट्टाए पनि ऋणपत्रमा सर्वसाधारणको आकर्षण देखिदैन ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको