अर्थ संसार, काठमाडौं – युनिभर्सल पावर कम्पनीको आइपीओ बुधबार बाँडफाँट भएको छ । यसमा ५० देखि १३ सय कित्तासम्म आवेदन दिने सबैले माग अनुसार सेयर पाएका छन् ।
यस्तै, १५ सय कित्तादेखि १० हजार कित्तासम्म आवेदन दिनेलाई १३ सय ५० कित्ताका दरले सेयर दिइएको छ ।
यसरी बाँडफाँट गर्दा बाँकी रहेको १५ सय ७० कित्ता सेयर भने १५ सयदेखि १० हजार कित्तासम्म आवेदन दिएकामध्ये १५७ जनालाई १० कित्ताको दरले थप गरिएको छ ।
युनिभर्सलको आइपीओमा १ लाख ५ हजार ११९ जनाले रितपूर्वक आवेदन दिएका छन् । ४० जनाको आवेदन रद्द भएको छ । कुल ९२ लाख ४५ हजार २९० कित्ताका लागि आवेदन परेको छ ।
युनिभर्सलले माघ २५ गतेदेखि सर्वसाधारणका लागि ८६ लाख ७४ हजार ४९२ कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गरेको हो ।
यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस