Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा १३ अंकको गिरावट

बुधबार, २९ फागुन २०७५, २० : ३९ मा प्रकाशित

शेयर बजारमा १३ अंकको गिरावट

अर्थ संसार, काठमाडौँ– धितोपत्र बजारमा आज शेयरको मूल्यमा १३ अङ्कले कमी आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव १६ बिन्दुले घटेर एक हजार १५० दशमलव १० विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ७२ विन्दुले घटेर २४४ दशमलव ७५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १७४ कम्पनीको १४ लाख ८० हजार ६२ कित्ता शेयर कारोवार भए । स्टकका अनुसार आज रु ४२ करोड ८३ लाख ४१ हजार १५२ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका दश उपसमूहमध्ये वित्त २ दशमलव ७४ विन्दुले बढेको बजारमा अन्य उपसमूहको शेयर पनि घटेको छ । बैंकिङ १० दशमलव ५८, होटल ४२ दशमलव ४५, विकास बैंक १७ दशमलव ६२, जलविद्युत् २१ दशमलव ०९, निर्जीवन बीमा ८९ दशमलव ०५, उत्पादन ३८ दशमलव ८१, अन्य दुई दशमलव ३९, लघुवित्त २१ दशमलव ६१ र जीवन बीमा ७३ दशमलव ५१ विन्दुले घटेको छ ।

घटेको बजारमा युनाइटेड फाइनान्स लिमिटेड नौ दशमलव ४६, आशा लघुवित्त वित्तीय संस्था आठ दशमलव ७२, गुडविल फाइनान्स लिमिटेडका शेयरधनीले पाँच दशमलव २६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै हाथवे फाइनान्स कम्पनी लिमिटेड सात दशमलव ८७, अरुण कावेली पावर लिमिटेड सात दशमलव ७७, हिमालयन डिस्ट्रिलरी पाँच दशमलव ७९ र नेशनल हाइड्रोपावरका शेयरधनीले पाँच दशमलव ४० प्रतिशतले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

धेरै पढिएको