Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ७.९६ अंकले घट्यो, कारोबार भने बढ्यो

सोमबार, १० माघ २०७३, १६ : १७ मा प्रकाशित

नेप्से ७.९६ अंकले घट्यो, कारोबार भने बढ्यो


अर्थ संसार
काठमाडौं– साताको पहिलो दिन आइतबार सामान्य अंकले बढेको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक सोमबार भने घटेको छ । यस दिन परिसूचक ७.९६ अंकले घटेको छ । यस दिन नेप्से १४५७.८८ अंकमा समिति हुन पुगेको छ । १३४ कम्पनीको २३ लाख २५ हजार सात सय ६९ कित्ता सेयर ४३ करोड २३ लाख ३२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

यस दिन उत्पादन र फाइनान्स समूह हरियो भएका छन् भने अन्य समुहहरु भने रातामै भएका छन् । सेयर बजारमा उत्पादन समुह २२.७२ अंक र फाइनान्स समूह ७.३६ अंकले बढेका छन् । घटेको बजारमा बैंक ८.६३ अंक, होटल १७.४३ अंक, विकास बैंक ६.६३ अंक, हाइड्रो पावर २.८५ अंक, इन्सुरेन्स ६६.१३ अंक र अन्य ४.९२ अंकले घटेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको