Like us!
Follow us!
Connect us!
Watch us!

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

अर्थ संसार

आइतबार, ११ फागुन २०८१, १२ : ३६ मा प्रकाशित

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

कम्पनीले यी सेयर संस्थापक व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी बिक्रीमा राखेको हो।  

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको छ। यसको अर्थ सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बिक्रीमा राखिएको सेयर खरिदका लागि ३५ दिनको म्याद दिइएको छ। सेयर खरिदका लागि काठमाडौं ज्ञानेश्वरस्थित केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्था सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको