Like us!
Follow us!
Connect us!
Watch us!

सेबोनको निर्देशन: सूचीकृत इनभेस्टमेन्ट कम्पनीहरूलाई दोस्रो बजारमा सेयर कारोबारमा रोक

अर्थ संसार

शनिबार, २४ फागुन २०८१, ०९ : २८ मा प्रकाशित

सेबोनको निर्देशन: सूचीकृत इनभेस्टमेन्ट कम्पनीहरूलाई दोस्रो बजारमा सेयर कारोबारमा रोक

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत लगानी कम्पनीहरूलाई दोस्रो बजार र लिलामी प्रक्रियामार्फत सेयर खरिद गर्न नपाउने स्पष्ट निर्देशन दिएको छ।

बोर्डले हालसम्म एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सिइडिबी होल्डिङ्स लिमिटेड (साबिक सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी), इमर्जिङ नेपाल लिमिटेड, र हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेड लाई प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) गर्न अनुमति प्रदान गरिसकेको हुँदा ती कम्पनीहरूले लिलाम बढाबढ प्रक्रियामार्फत सेयर खरिद गर्न नसक्ने स्पष्ट गरेको छ।

सेबोनको निर्देशन किन?

नेपाल धितोपत्र बोर्डको २०७२ मंसिर १२ र २०७६ वैशाख ३० को निर्णय अनुसार, प्रारम्भिक सार्वजनिक निष्कासन (IPO) गर्न अनुमति प्राप्त लगानी कम्पनीहरूले आर्थिक पूर्वाधार (ऊर्जा, यातायात, र सञ्चार) क्षेत्रमा संलग्न संस्थाहरूको संस्थापक सेयरबाहेक अन्य कुनै पनि सेयर दोस्रो बजार वा लिलामी प्रक्रियामार्फत खरिद गर्न नपाउने व्यवस्था गरिएको छ।

तर, पछिल्लो समय केही सूचीकृत लगानी कम्पनीहरूले हकप्रद सेयरको लिलामी प्रक्रियामा भाग लिएको गुनासो आएकोले सेबोनले पुनः स्पष्ट निर्देशन जारी गरेको हो।

सूचीकृत लगानी कम्पनीहरूले के गर्न पाउने छैनन्?

 दोस्रो बजारबाट सेयर खरिद गर्न पाउने छैनन्।
लिलामी प्रक्रियामार्फत सेयर खरिद गर्न रोक।
आर्थिक पूर्वाधार क्षेत्रबाहेक अन्य क्षेत्रमा लगानी गर्न नपाउने।

धितोपत्र बोर्डका सहायक निर्देशक विमला पाठकले हस्ताक्षर गरेको सूचनामा भनिएको छ, "बोर्डको नीति अनुरूप ती कम्पनीहरूले लिलाम बढाबढ प्रक्रियामार्फत सेयर खरिद गर्न नपाउने देखिएको व्यहोरा जानकारी गराइन्छ।"

67cbbf3ba229a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको