Like us!
Follow us!
Connect us!
Watch us!

इनभेस्टमेन्ट कम्पनीहरू प्रभावित छैनन्, सेबोनको निर्देशनबारे गलत हल्लाबाट बचौं!

अर्थ संसार

शनिबार, २४ फागुन २०८१, १५ : १५ मा प्रकाशित

इनभेस्टमेन्ट कम्पनीहरू प्रभावित छैनन्, सेबोनको निर्देशनबारे गलत हल्लाबाट बचौं!

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सूचीकृत इनभेस्टमेन्ट कम्पनीहरूलाई दोस्रो बजार र लिलामी प्रक्रियामार्फत सेयर खरिद गर्न नपाउने स्पष्ट निर्देशन दिएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा यसबारे अनेक भ्रमपूर्ण हल्ला फैलाइँदैछ, जसले इनभेस्टमेन्ट कम्पनीका सेयरधनीहरूमा अनावश्यक त्रास सिर्जना गरिरहेको छ। तर, वास्तविकता भने भिन्न छ।

सेबोनको निर्देशन: सूचीकृत इनभेस्टमेन्ट कम्पनीहरूलाई दोस्रो बजारमा सेयर कारोबारमा रोक

सेबोनको पुरानै नीति पुनः स्पष्ट

सेबोनले २०७२ साल मंसिर १२ र २०७६ वैशाख ३० मा नीतिगत निर्णय गर्दै इनभेस्टमेन्ट कम्पनीहरूलाई आर्थिक पूर्वाधार (ऊर्जा, यातायात, र सञ्चार) क्षेत्रमा संलग्न संस्थाहरूको संस्थापक सेयरबाहेक अन्य कुनै पनि सेयर दोस्रो बजार वा लिलामी प्रक्रियामार्फत खरिद गर्न नपाउने व्यवस्था गरेको थियो।

हाल कतिपय इन्वेस्टमेन्ट कम्पनीहरूले हकप्रद सेयरको लिलामी प्रक्रियामा भाग लिएको गुनासो प्राप्त भएपछि बोर्डले पुनः स्पष्ट निर्देशन दिएको हो।

कुन-कुन इनभेस्टमेन्ट कम्पनीहरू प्रभावित छन्?

सेबोनले हालसम्म एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सिइडिबी होल्डिङ्स लिमिटेड (साबिक सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी), इमर्जिङ नेपाल लिमिटेड, र हाथवे इन्वेस्टमेन्ट नेपाल लिमिटेडलाई इनिशियल पब्लिक अफरिङ (IPO) को अनुमति दिएको छ। ती कम्पनीहरूले सेबोनको नियमअनुसार लिलामी प्रक्रियाबाट सेयर खरिद गर्न सक्ने छैनन्।

इनभेस्टमेन्ट कम्पनीहरूको कारोबार प्रभावित छैन

सामाजिक सञ्जालमा कतिपय व्यक्तिहरूले सेबोनको यस निर्देशनलाई लिएर इनभेस्टमेन्ट कम्पनीहरूको सेयर कारोबारमा असर पर्ने भनेर अफवाह फैलाइरहेका छन्। तर, वास्तविकता भने यस्तो छैन।

सूचीकृत इनभेस्टमेन्ट कम्पनीहरूले अहिले दोस्रो बजारमा सेयर किनमेल गरिरहेका छैनन्। सेबोनले मात्र पहिल्यै लागू भएको नीति दोहोर्‍याएर स्पष्ट गरेको हो। त्यसैले, यस निर्देशनले इनभेस्टमेन्ट कम्पनीहरूमा लगानी गरिरहेका लगानीकर्तालाई कुनै नकारात्मक प्रभाव पार्ने छैन।

सेबोनको निर्णयलाई लिएर अनावश्यक हल्ला नफैलाऔं

धितोपत्र बोर्डको निर्देशन इनभेस्टमेन्ट कम्पनीहरूको कारोबारलाई रोक्ने वा प्रभावित गर्ने कुनै नयाँ निर्णय होइन। सामाजिक सञ्जालमा फैलाइएका अफवाहहरूमा विश्वास गर्नुभन्दा वास्तविकता बुझ्नु आवश्यक छ। सेबोनले पहिलेदेखि नै लागू गरेको नीतिलाई मात्र पुनः स्पष्ट गरेको हो।

त्यसैले, इनभेस्टमेन्ट कम्पनीका सेयरधनीहरूले त्रास लिनुपर्ने कुनै अवस्था छैन। नीतिगत स्पष्टिकरणलाई लिएर नकारात्मक हल्ला फैलाउनेहरूप्रति सतर्क रहन जरुरी छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको