Like us!
Follow us!
Connect us!
Watch us!

भारतीय नागरिकता त्याग गर्दै ललित मोदी

अर्थ संसार

शनिबार, २४ फागुन २०८१, १३ : ०६ मा प्रकाशित

भारतीय नागरिकता त्याग गर्दै ललित मोदी

इन्डियन प्रिमियर लिग (आईपीएल) का संस्थापक ललित मोदीले आफ्नो भारतीय नागरिकता त्यागेको निवेदन दिएका छन् ।

मोदीले लन्डनस्थित भारतीय उच्चायोगमा आफ्नो राहदानी बुझाउदै भारतको नागरिकता त्यागेको आवेदन दिएको  भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवाललाई उदृत गर्दै भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

ललित मोदीले भानुआटुको नागरिकता प्राप्त गरेपछि भारतीय नागरिकता त्याग्न लागेको बताइएको छ । 

ललित मोदीका वकिल महमूद अब्दीले पनि यसको पुष्टि गर्दै उनले दक्षिण प्रशान्त टापु राष्ट्र भानुआटुको नागरिकता लिएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । वकिल अब्दीले मोदीविरुद्ध भारतीय एजेन्सीले भारतको कुनै पनि अदालतमा कुनै उजुरी वा आरोपपत्र दायर नगरेको दाबि गरेका छन् । 

२००८ मा आइपिएलको स्थापना गरेका ललित मोदीलाई अनियमितता गरेको आरोप लागेपछि २०१० मा भारत छोड्न बाध्य पारिएको थियो ।  आफूविरुद्ध धरपकड हुनसक्ने संकेत पाएपछि मोदीले २०१० को आइपिएल फाइनलपछि तुरुन्त भारत छोडेर लन्डन पुगेका थिए । 

उनलाई अहिले विश्वको सबैभन्दा लोकप्रिय टी-२० लिग आइपिएल जन्माएको श्रेय जान्छ ।    

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको