यदि तपाईं सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयरधनी हुनुहुन्छ भने, कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम अवसर आज हो। कम्पनीले फागुन २ गते बुकक्लोज गर्ने भएकाले, आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले लाभांश प्राप्त गर्न सक्नेछन्। साथै, उनीहरू साधारण सभामा भाग लिन योग्य हुनेछन्।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो ३१औँ वार्षिक साधारण सभा फागुन १५ गते गर्ने भएको छ। सभा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल, काठमाडौंमा बिहान १०:३० बजे सुरु हुनेछ।
सभामा हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। यसबाहेक, सभाले निम्न महत्वपूर्ण एजेन्डाहरूमा निर्णय लिनेछः
✔ स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन
✔ नयाँ लेखापरीक्षक नियुक्ति
✔ नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव
यदि तपाईं लाभांश प्राप्त गर्न चाहनुहुन्छ भने, आजभित्र सेयर किनिसकेको वा होल्ड गरेको हुनुपर्छ। बुकक्लोजपछि खरिद गर्ने सेयरधनीहरूले यस पटकको लाभांश पाउने छैनन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस