Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौंले दिल्लीलाई उछिन्यो, विश्वकै प्रदूषित सहरहरूको सूचीमा माथि चढ्दै

अर्थ संसार

आइतबार, २५ फागुन २०८१, १९ : २० मा प्रकाशित

काठमाडौंले दिल्लीलाई उछिन्यो, विश्वकै प्रदूषित सहरहरूको सूचीमा माथि चढ्दै

काठमाडौं उपत्यकामा प्रदूषण अत्यधिक बढ्दै गएपछि वायु गुणस्तर खतराको स्तरमा पुगेको छ। ‘एयर क्वालिटी इन्डेक्स’ (AQI) अनुसार काठमाडौं अहिले विश्वकै छैटौं प्रदूषित शहरको रूपमा सुचीकृत भएको छ। नेपालको राजधानी अहिले भारतको दिल्लीभन्दा पनि प्रदूषित बनेको तथ्यांकले देखाएको छ, जसले यो समस्या गम्भीर बन्दै गएको संकेत गर्छ।

आज बिहान मात्र काठमाडौंको AQI १५८ पुगेको छ, जुन ‘अस्वस्थ’ श्रेणीमा पर्छ। जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय वायु प्रवाह र पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएकाले वर्षा हुन सकेको छैन। वर्षाको अभावमा वायुमा रहेका धूलो, धुँवा र विषाक्त कणहरू हावामा नै रहिरहँदा प्रदूषण झन् चर्किएको हो।

काठमाडौंको AQI हाल भारतको दिल्लीभन्दा उच्च छ, जुन अचम्मको तथ्य हो। विश्वको सबैभन्दा प्रदूषित सहरको रूपमा अहिले भियतनामको राजधानी हनोई पहिलो स्थानमा छ, जहाँ AQI २०५ पुगेको छ। त्यसैगरी चीनको वुहान दोस्रो, बेजिङ तेस्रो, इरानको तेहरान चौथो, बंगलादेशको ढाका पाँचौं र काठमाडौं छैटौं स्थानमा परेको छ।

वातावरणविद्हरूका अनुसार यदि तत्काल सुधारका उपायहरू लागू नगरिए काठमाडौंको वायु प्रदूषण अझै भयावह बन्न सक्छ। विज्ञहरूका अनुसार १५० सम्मको AQI सामान्य मानिए पनि १५१-२०० लाई ‘अस्वस्थ’, २०१-३०० लाई ‘अति अस्वस्थ’ र ३०१ भन्दा माथिलाई ‘आपत्कालीन’ अवस्था मानिन्छ। यदि यही प्रवृत्ति कायम रह्यो भने काठमाडौंको जीवनयापन थप चुनौतीपूर्ण बन्ने निश्चित छ।

नागरिकलाई सावधानी अपनाउन सुझाव

स्वास्थ्य विशेषज्ञहरूले यो अवस्थामा अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन, बाहिर निस्कँदा मास्क लगाउन र सकेसम्म घरभित्र वायु शुद्धीकरण गर्न सुझाव दिएका छन्। वायु प्रदूषण लामो समयसम्म रहिरहेमा स्वासप्रश्वास, मुटु तथा छालासम्बन्धी रोगको जोखिम बढ्ने भएकाले सतर्क रहनु आवश्यक छ।

सरकारले प्रदूषण नियन्त्रणका लागि प्रभावकारी कदम नचाले काठमाडौंको AQI अझै उकालो लाग्ने खतरा छ। अहिलेको अवस्थालाई गम्भीर रूपमा नलिए प्रदूषण नियन्त्रण असम्भव बन्न सक्छ। अब काठमाडौंवासीले सफा हावा पाउन कहिलेसम्म पर्खिनुपर्ने हो, यो भने अझै अनिश्चित छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको