Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्सको ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना, मोबाइलबाट एफडी राख्दा ०.२५% बढी ब्याज

अर्थ संसार

विहीबार, ०८ फागुन २०८१, १७ : ०३ मा प्रकाशित

सिटिजन्सको ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना, मोबाइलबाट एफडी राख्दा ०.२५% बढी ब्याज

प्रविधिको विकाससँगै बैंकहरूले ग्राहकले नयाँ–नयाँ सुविधामात्रै नभएर निक्षेप निक्षेप संकलनका लागि पनि नयाँ सोच राख्न लागेका छन् ।

डिजिटल बैंकिङको नाममा बैंकहरुले मोबाइल बैंकिङ मार्फत विभिन्न मर्चेन्टको बिल भुक्तानी जस्ता मात्रै सुविधाहरु दिदै आएकोमा पछिल्लो समयम भने बैंकहरुले बैंकिङ योजना तथा प्रोडक्ट समेत मोबाइल बैंकिङमा ल्याउन लागेका छन् ।

सिटिजन्स बैंकले हालै मात्रै मोबाइल बैंकिङमार्फत नै मुद्दति निक्षेप राख्न सक्ने ‘डिजिटल फिक्स्ड डिपोजिट’ योजना ल्याएको छ। 

बैंकले निक्षेपतर्फका ग्राहकहरूलाई लक्षित गरी डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको हो । डिजिटल माध्यमको विकाससँगै लागत र समयको बचत गर्ने उदेश्यले बैंकको उक्त डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको बैंकका डिपोजिट मार्केटिङ हेड पारस बिक्रम थापा बताउँछन् । ग्राहकलाई डिजिटल कारोबारमा अभ्यस्त गराउन बैंकले डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको उनको भनाइ छ ।

‘ग्राहकलाई डिजिटाइजेसनको ज्ञान वृद्धि गराउनको लागि बैंकले डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको हो । ग्राहकको लागि अहिलेको मुख्य डिजिटलाइजेटसन भनेको मोबाइल बैंकिङ हो,’ उनले भने, ‘ग्राहकलाई मोइल बैंकिङ सेवामा अभ्यस्त बनाउन प्रोत्साहन गर्ने उद्देश्यले उक्त प्रोडक्ट ल्याएको हो । बैंकले उक्त प्रोडक्ट प्रयोग गर्नको लागि प्रोत्साहन गर्न ब्याजदर नै बढी दिएको छ ।

उक्त प्रोडक्टको मूख्य उद्देश्य नै बैंकका ग्राहकलाई डिजिटल कारोबारमा बानी बसाल्नु रहेको उनले बताए । ‘बैंकले निक्षेप संकलनका लागि मात्रै नभई ग्राहकलाई डिजिटलमैत्री बनाउन पनि यसले टेवा पुर्‍याउनेछ,’ उनले भने, ‘खाता खोलेपछि डिजिटलबाट कारोबार गराउने उद्देश्य छ । डिजिटल कारोबारमा प्रोत्साहन गर्न र शतप्रतिशत कारोबार डिजिटल माध्यमबाटै गराउने योजना छ ।’

बैंकिङ प्रणाली मोबाइल बैंकिङमा रुपान्तरण भइरहेको र ग्राहकलाई डिजिटल कारोबारमा अझै अभ्यस्त बनाउन डिजिटल फिक्स्ड डिपोजिट योजना ल्याएको उनले बताए । यसबाट ग्राहकहरूले डिजिटल बैंकिङ र मोबाइल कारोबारका विषयमा धेरै कुरा सिक्न सक्ने अवसर पाउने उनले बताए ।

बैंकले ग्राहकलाई बैंकमा नगई धेरै भन्दा धेरै सुविधा डिजिटल माध्यमबाट नै उललब्ध गराउने र त्यसलाई प्रोत्साहन गर्ने रणनीति अनुसार उक्त प्रोडक्ट ल्याएको थापा बताउँछन् ।

के हो डिजिटल फिक्स्ड डिपोजिट ?

बैंकमा बचत खाता भएर मोबाइल बैंकिङ सुविधा प्रयोग गर्ने ग्राहकले सजिलै मोबाइल बैंकिङ मार्फत नै मुद्धति निक्षेपमा पैसा राख्न सक्ने सुविधा नै डिजिटल फिक्स्ड डिपोजिट हो । उक्त प्रोडक्टमा ब्याज पनि बढी पाइने उनले बताए । बैंकमा बचत खाता समेत अनलाइनबाट नै खोल्न सक्ने सुविधा रहेकोले ग्राहकले बैंकमा नगई मुद्दति निक्षेपमा रकम राख्नसक्ने सुविधा रहेको उनले बताए ।

उनका अनुसार ‘डिजिटल फिक्स्ड डिपोजिट’ खाता खोलेको एक वर्षसम्म अहिले दिएको ब्याजदर कायम नै रहन्छ । यो फिक्स्ड डिपोजिट खातामा सामान्य खाताभन्दा अलिकति बढी ब्याजदर तोक्ने गरिएको उनले बताए ।

बैंकका शाखा कार्यालयभन्दा मोबाइल बैंकिङबाटै खाता खोल्दा ग्राहकले बढी ब्याज पाउने उनले जानकारी दिए । एक वर्ष अवधिको मुद्दति निक्षेपमा मात्रै अहिले उक्त सुविधा रहेको र ‘डिजिटल फिक्स्ड डिपोजिट’ एक वर्षको लागि मात्रै खोल्न सकिने उनले बताए ।

न्युनतम १० हजार रूपैयाँदेखि ५ करोड रूपैयाँसम्म डिजिटल मुद्दती निक्षेप राख्दा बैंकले अन्य मुद्दती निक्षेपभन्दा ०.२५ प्रतिशत बढी ब्याजदर दिन्छ ।

‘मोबाइल बैंकिङबाट मुद्दती निक्षेप खाता खोल्दा बैंकले ५.७५ प्रतिशत ब्याजदर दिन्छ । अब ग्राहकले कुनै पनि बैंकिङ कारोबारका लागि बैंकसम्म धाउनुपर्दैन, सबै मोबाइलबाटै हुन्छ, घरमै बसेर बैंकिङ कारोबार गरौं भनेर ग्राहकलाई प्रोत्साहित गर्न खोजिएको हो,’ थापाले भने ।

बैंकको उक्त योजनामा ग्राहकको समयको बचत, डिजिटलाइजेसनमा प्रोत्साहन र ग्राहकले बढी ब्याज पनि पाउने उनले बताए । एक पटकमा ५ करोडको मुद्दति निक्षेप गर्नसक्ने सुविधा मोबाइल बैंकिङमार्फत राख्ने ‘डिजिटल फिक्स्ड डिपोजिट’मा योजनामा पनि रहेको उनले बताए ।

‘बैंकहरुले हरेक महिना ब्याजदर परिवर्तन गरिरहेको हुन्छ । अर्को महिना सुरु हुनु अगाडि मसान्तमा ब्याजदर प्रकाशित गर्नुपर्ने व्यवस्था छ,’ उनले भने, ‘यस्तोमा बैंकहरुले ब्याजदर घटाउने भन्ने जानकारी आएपछि पनि ग्राहकले तुरुन्तै मोबाइल बैंकिङबाट नै मुद्दति निक्षेप राख्न सक्छ। यसले ग्राहकलाई नै फाइदा पुग्छ ।’

मोबाइल बैंकिङबाट नै एक पटकमा ५ करोडम्मको मुद्दनि निक्षेप खोल्नसक्ने र त्यसभन्दा बढी भएमा भने २ पटक खोल्नुपर्ने उनले बताए ।

यस्तै पैसा झिक्नका लागि चेक पनि काटिरहनु नपर्ने उनले बताए । खातामा भएको पैसा मोबाइल बैकिङमार्फत एटीएमबाट सहजै निकाल्न सकिने उनले बताए । उनका अनुसार एटीएमबाट पैसा निकाल्न कार्ड पनि चाहिँदैन ।

बैंकले एउटा अप्सन मोबाइल बैंकिङमा राखेको छ । पैसा चाहियो भने त्यसैमा एउटा ओटीपी नम्बर आउँछ । त्यो लगेर हाल्ने बित्तिकै पैसा आउनेछ ।

डिजिटल फिक्स्ड डिपोजिट खाता कसरी खोल्न खोल्ने ?

ग्राहकले सबैभन्दा पहिला सिटिजन्स बैंकको मोबाइल एपमा लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि मोर अप्सनमा क्लिक गरेर ‘फिक्स्ड डिपोजिट’ लेखिएको अप्सनमा क्लिक गर्नुपर्छ । त्यहाँ देखिएका विभिन्न योजनाहरूमध्ये आफूले खोल्न चाहेको योजना, जम्मा गर्ने अवधि र आफूले जम्मा गर्न चाहेको रकम उल्लेख गर्नुपर्ने हुन्छ ।

यी सबै काम गरेपछि आफ्नो इमेल ठेगाना दिएर प्रोसिडमा क्लिक गर्नुपर्छ । त्यसपछि उपलब्ध गराएका सबै विवरण ठिक भएनभएको बारे पुनः एकपटक चेक गर्नुपर्ने हुन्छ । यदि सबै विवरण ठिक भएको खण्डमा बैंकले ग्राहकको सो इमेल ठेगानामा मुद्दती खाता सुचारु भएको सन्देश पठाउनेछ । मुद्दतीको रिसद पनि सोहि इमेल ठेगानामा जानुका साथै मोबाइल एपमा पनि मुद्दतीको रिसद देखिन्छ।


बैैकमा गएर मुद्दति निक्षेप खाता खोल्दा खाता खोलेको दिनमा नै मुद्दति निक्षेप दिन नसकिने र प्रिन्ट गरेको रसिद बैंकमा नै बस्ने गरेको छ । बैंकको नयाँ प्रोडक्टले मुद्दति निक्षेपको रसिद प्रिन्ट गर्न आवश्यक भएकोले त्यसको खर्च बचत हुँनुका साथै कर्मचारीको पनि अन्य काम गर्नसक्ने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको