Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार २५ अंकले घट्यो, साढे ३८ करोड रुपैयाँको कारोबार [कमाउने र गुमाउने कम्पनीसहित]

मंगलबार, ११ माघ २०७३, १५ : ४८ मा प्रकाशित

सेयर बजार २५ अंकले घट्यो, साढे ३८ करोड रुपैयाँको कारोबार [कमाउने र गुमाउने कम्पनीसहित]


अर्थ संसार 
काठमाडौं– सेयर बजारमा मंगलबार पहिरो गएको छ ।  यस दिन सेयर बजार २४.८९ अंकले घटेको छ ।   १३० कम्पनीको ८ लाख ५३ हजार ४ सय ६० कित्ता सेयर किनबेच हुँदा ३८ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ । 

घटेको बजारमा बैंक २५.९ अंक, होटल १२.३२ अंक, विकास बैंक २०.१५ अंक, हाइड्रो पावर ३०.४४ अंक, फाइनान्स १८.४१ अंक, इन्सुरेन्स १४०.७४ अंक र अन्य ६.६५ अंकले घटेको छ । घटेको बजारमा राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले आफ्नो आम्दानी ७.७६ प्रतिशतले बढाएका छन भने खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले आफ्नो आम्दानी ९.५२ प्रतिशतले गुमाएका छन् ।

 

5887297c58b58.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको