Like us!
Follow us!
Connect us!
Watch us!
१८ कम्पनीको ११८५७१६५३६९ रुपैयाँको सेयर निस्कासन प्रक्रियामा

कुनकुन कम्पनीको हकप्रद सेयर आउँदैछ बजारमा ?

बुधबार, १२ माघ २०७३, १० : ३८ मा प्रकाशित

कुनकुन कम्पनीको हकप्रद सेयर आउँदैछ बजारमा ?

अर्थसंसार
काठमाडौँ – के तपाईसँग कुनकुन कम्पनीको सेयर छ ? तीमध्ये १६ वटा कम्पनीले हकप्रद सेयर निस्कासनको तयारी गरेका छन् । धितोपत्र बोर्डमा सेन्ट्रल फाइनान्स, कामना विकास बैंक, अपी पावर लिमिटेड, ललितपुर फाइनान्स, सिद्धार्थ इन्सुरेन्स, नेरुदे लघुवित्त, सानिमामाई हाइड्रोपावर, डिप्रोक्स लघुवित्त, यति डेभ्लप्मेन्ट बैंक, फस्र्ट माइक्रोफाइनान्स, नेपाल बंगलादेश बैंक, मिसन डेभ्लपमेन्ट बैंक, सिटिजन बैंक इन्टरनेसनल, कुमारी बैंक, काबेली बिकास बैंक, प्रभु इन्सुरेन्स, एनवी इन्स्योरेन्स र एनआइसी एशिया बैंकले हकप्रद निस्कासन गर्न अनुमति माग्दै आवेदन दिएका छन् । 

ती कम्पनीले ११ अर्ब ८५ करोड ७१ लाख ६५ हजार ३ सय ६९ रुपैयाँ बराबरको हकप्रद सेयर निस्कासन गर्ने तयारी गरेका छन् । यसलाई सेयर संख्यामा भन्दा ११ करोड ८५ लाख ७१ हजार ६ सय ५३ कित्ता हुन आउँछ । धितोपत्र बोर्डका अनुसार सेन्ट्रल फानान्स लिमिटेडले गत बैशाख २८ गते ४ करोड ४३  लाख ४४ हजार ३ सय ५० रुपैयाँ बराबरको ४ लाख ६३ हजार ४ सय ४३ कित्ता  हकप्रद सेयर निस्कासन गर्न अनुमति माग्दै बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा एनआइबिएल क्पापिटल मार्केट रहेको छ ।

यस्तै कामना विकास बैंक लिमिटेडले ५ लाख ७५ हजार कित्ता हकप्रद सेयर निस्कासन गर्न अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । कम्पनीले ५ करोड ७५ लाख  रुपैयाँ बराबरको हकप्रद सेयर निस्कासन गर्न अनुमति माग्दै २०७२ बैशाख ३१ गते  निवेदन दिएको हो । उक्त कम्पनीको साधारण हकप्रद निस्कासन तथा विक्री प्रबन्धकमा एनआइबिएल क्पापिटल मार्केट लिमिटेड रहेको छ ।

यस्तैगरी गत बैशाख २७ गते अपी पावर कम्पनी लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता हकप्रद सेयर निस्कासन गर्न अनुमति माग्दै बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
यस्तैगरी ललितपुर फाइनान्स  लिमिटेडले पनि १८ करोड ७९ लाख ४५ हजार ३ सय रुपैयाँ बराबरको १८ लाख ७९ हजार ४ सय ५३ कित्ता हकप्रद सेयर  निस्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । गत असार १४ गते पेश गरेको आवेदनको विक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै गत साउन ३२ गते सिद्धार्थ इन्सुरेन्स लिमिटेडले ८ करोड ६२ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको ८ लाख ६२ हजार १ सय २५ कित्ता  हकप्रद सेयर निस्कासन गर्न अनुमति माग्दै बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यस्तैगरी नेरुडे लघुवित्त बिकास बैंक लिमिटेडले पनि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता हकप्रद सेयर निस्कासन गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । गत असोज २८ गते पेश गरेको आवेदनको विक्री प्रबन्धक एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

बोर्डका अनुसार सानिमामाई हाइड्रोपावर लिमिटेडले मंसिर ३ गते १ अर्ब ५५ करोड   रुपैयाँ बराबरको १० करोड ५५ लाख कित्ता हकप्रद सेयर निस्कासन गर्न अनुमति माग्दै निवेदन पेश गरेको छ । कम्पनीको सेयर विक्री प्रबन्धकमा एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

यस्तै डिप्रोक्स लघुवित्त बिकास बैंकले पनि २५ करोड ७९ लाख  २३ हजार ८ सय ४५ रुपैयाँ बराबरको २५ लाख ७९ हजार २ सय ३८  कित्ता हकप्रद सेयर  निस्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ । गत मसिंर १६ गते पेश गरेको हकप्रद सेयरको आवेदनको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

यस्तैगरी यति डेभ्लप्मेन्ट बैंकले पनि ६९ करोड ३१ लाख १६ हजार ६ सय ७२ रुयैयाँ बराबारको ६९ लाख ३१ हजार १ सय ६६ कित्ता हकप्रद सेयर निस्कासन गर्न माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको छ । गत मसिंर २७ गते पेश गरेको सेयरको विक्री प्रबन्धक एनसिएम मर्चन्ट बैंकिङ लिमिटेड रहेको छ ।

अर्को लघुवित्त फस्र्ट माइक्रोफाइनान्स  लिमिटेडले पनि गत मंसिर ३० गते १३ करोड २२ लाख ५० हजार रुयैयाँ बराबारको १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद सेयर निस्कासनका लागि बोर्डमा निवेदन दिएको छ । उक्त सेयरको विक्री प्रबन्धक ग्लोबल आइएमबी क्यापिटल लिमिटेड रहेको छ । 

यस्तैगरी नेपाल बंगलादेश बैंक लिमिटेडले पनि ३ अर्ब  २० करोड ९४ लाख ६ हजार ९ सय रुयैयाँ बराबारको ३ करोड २० लाख ९४ हजार  ६९ कित्ता हकप्रद सेयरको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । गत पुस ४ गते पेश गरेको सेयरको आवेदन विक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ । 

यस्तै गत पुस १२ गते मिसन डेभ्लपमेन्ट बैंक लिमिटेडले १९ करोड ४९ लाख २५ हजार  रुयैयाँ बराबारको १९ लाख ४९ हजार २ सय ५० कित्ता हकप्रद सेयरको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त सेयरको आवेदन विक्री प्रबन्धक भिभोर क्यापिटल लिमिटेड रहेको छ । 

यस्तैगरी सिटिजन बैंक इन्टरनेसनल लिमिटेडले पनि गत पुस १४ गते १ अर्ब ३८ करोड ४३ लाख ३८ हजार रुयैयाँ बराबरको १३ करोड ८४ लाख ३ हजार ३ सय ८०  कित्ता हकप्रद सेयरको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त सेयरको विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

यस्तै कुमारी बैंक लिमिटेडले पनि  गत पुस १७ गते १३ करोड ४९ लाख  ५ हजार ८ सय ३२ कित्ता हकप्रद सेयर निस्कासन गर्न आवेदन दिएको बोर्डले जनाएको छ । १ अर्ब ३४ करोड ९५ लाख ८३ हजार २ सय ६६ बराबरको सेयर निस्कासन गर्न कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक तोकेको छ ।

यस्तैगरी काबेली बिकास बैंक लिमिटेडले पनि ३ करोड ५० लाख ८८ हजार रुयैयाँ बराबारको ३ लाख ५० हजार ८ सय ८०  कित्ता हकप्रद सेयरको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । उक्त सेयरको आवेदन विक्री प्रबन्धक ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ । 

यस्तै प्रभु इन्सुरेन्स लिमिटेडले पनि १९ करोड २५ लाख ७ हजार ८ सय ८१ रुयैयाँ बराबारको १९ लाख २५ हजार ७८ कित्ता हकप्रद सेयरको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । गत पुस २९ गते पेश गरेको सेयरको आवेदन विक्री प्रबन्धक प्रभु  क्यापिटल लिमिटेड रहेको छ । 

एनआइसी एशिया बैंकले १५ प्रतिशत सेयर निस्कासन गर्न बोर्डसँग अनुमति माग्दै माघ ५ गते निवेदन दिएको छ । बैंकले ८७ करोड २९ लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको सेयर निस्कासन गर्न सिभिल क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । 
यस्तै एनवि इन्स्योरेन्सले १ बराबर १ कित्ता सेयर निस्कासन गर्न अनुमति मागेको छ । कम्पनीले माघ ९ गते दिएको निवेदनमा २७ करोड रुपैयाँ बराबरको २७ लाख कित्ता सेयर निस्कासन गर्ने अनुमति मागेको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको