Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा दुई दिनदेखि पहिरो, बजार ३६ अंकले ओरालो

बुधबार, १२ माघ २०७३, १६ : २० मा प्रकाशित

सेयर बजारमा दुई दिनदेखि पहिरो, बजार ३६ अंकले ओरालो

अर्थ संसार

काठमाडौं–केही समय स्थिर भएको सेयर बजारमा दुई दिनदेखि लगातार पहिरो गइरहेको छ । दुई दिनमा बजार ६१ अंकले घटेको छ । बजार बुधबार ३६अंकले ओरालिएको छ । अघिल्लो दिन मंगलबार २५ अंकले घटेको बजार झन् फराकिलो अन्तरले घटेको हो । 

बजारमा बैंकहरुले १२ प्रतिशतसम्म ब्याज तिरेर निक्षेप संकलन गरिरहेकाले घट्दो बजारमा लगानीकर्ताहरुले आफूलाई असुरक्षित महसुस गरेका छन् । यसले गर्दा बजारमा कारोबार रकमसमेत केही समययता निकै घटेको छ । 

बजार बुधबार घटेर १३९६.६१ अंकमा समेटिएको छ । यस दिन  १३५ कम्पनीको ५९ करोड २८ लाख रुपैयाँको कारोबार भएको छ ।  

बजारमा उत्पादनमूलकमात्रै हरियो भएको छ । यसवाहेक  बिमा २६७.४१ अंक, बैकिङ ३६, होटल साढे ५८, विकास बैंक २९, जलविद्युत ५१, फाइनान्स २५ र अन्य २ अंकले ओरालिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको