Like us!
Follow us!
Connect us!
Watch us!

छ वटा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको नाफा कति ?

आइतबार, २२ बैशाख २०७६, १५ : ०० मा प्रकाशित

छ वटा विकास बैंकको वित्तीय विवरण सार्वजनिक, कुन बैंकको नाफा कति ?

कमला भुसाल 

अर्थ संसार, काठमाडौं - अहिले  बैंकहरुलाई चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिको वित्तीय विवरण सार्वजनिक गर्ने चटारो सुरु भएको छ।  हालसम्म सार्वजनिक भएका छ वटा विकास बैंकको वित्तीय विवरणमध्ये यस अवधिमा सबैभन्दा थोरै नाफा कमाएको र अरु सूचकको स्थिति पनि कम देखिनेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ।  

त्यसैगरी कामना सेवा विकास बैंकको पनि खासै प्रगति भने देखिँदैन। चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा पुग्दा कामना सेवा विकास बैंकको नाफामा ओरालो लागेको छ।  त्यस्तै ओम डेभलपमेन्ट बैंकको भने केहि राम्रो प्रगति भएको देखिन्छ।  यस अवधिमा यी छ वटा विकास बैंकमध्ये मुक्तिनाथ विकास बैंक, भगर्व विकास बैंक र काबेली विकास बैंक अब्बल बन्न पुगेका छन्। हेर्नुहोस कुन बैंकको नाफा कति छ

एक्सेल डेभलपमेन्ट

एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ११ करोड ४४ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ११ करोड ११ लाख रहेको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष बैंकको नाफा जम्मा ३३ लाख रुपैयाँले बढि देखिएको हो । 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकले समीक्षा अवधिसम्ममा ६ अर्ब ४६ करोड ५६ लाख निक्षेप संकलन गरेको बैंकले ५ अर्ब ९८ करोड ६६ लाख रुपैयाँ कर्जा परिचलन गरेको छ । निक्षेप ४२ दशमलव ३१ र कर्जा विस्तार ४२ दशमलव ०३ प्रतिशतले वृद्धि गरेको हो ।

बैंकको खुद ब्याज आम्दानीको सुचक भने केही राम्रो देखिएको छ । अघिल्लो वर्ष २३ करोड ४८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस वर्ष २७ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको तुलनामा भन्दा यस वर्ष बैंकको ब्याज आम्दानी तीन करोड ३० लाखले बढेको छ । 

गत आर्थिक वर्षको नाफाबाट १७ प्रतिशत नगद लाभांश वितरण गरेको बैंकको चुक्ता पूँजी ६९ करोड २६ लाख ७३ हजार रुपैयाँमा स्थिर छ । भने जगेडा कोषमा २२ करोड २८ लाखबाट बढेर २५ करोड ९८ लाख रुपैयाँ  जम्मा गरेको छ । बैंकमा निष्कृय कर्जा १.०८ प्रतिशतको अनुपातमा रहेको छ । 

बैंकको प्रतिसेयर आम्दानी ४८ पैसाले बढेर बढेर आम्दानी १६ रुपैयाँ ५२ पैसा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ४ पैसा रहेको थियो ।

बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात १३.०२ गुणा बढी रहेको छ ।

कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले यस वर्षको नौं महिनाको अवधिमा बैंकको नाफामा गिरावट आएको छ । यस अवधिमा बैंकले २१ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कामनाले २२  करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा यस वर्ष बैंकको नाफा ७ दशमलव २ प्रतिशतले ओरालो लागेको छ । 

बैंकले निक्षेपमा २० अर्ब २७ करोड ५५ लाख रुपैयाँ संकलन गरि कर्जामा १७ अर्ब ९० करोड चार लाख रुपैयाँ लगानी गरेको छ । भने चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख रुपैयाँ रहेको छ ।  त्यसैगरी बैंकले जगेडा कोषमा १ अर्ब १२ करोड ७१ लाख रुपैयाँ जम्मा गरेको छ । 

बैंकको खुद ब्याज आम्दानी २१ दशमलव ७४ प्रतिशत बढेर ५९ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा भने २ दशमलव ७ प्रतिशतले घटेर ३३ करोड १४ लाख रुपैयाँ पुगेको छ । 

बैंकको प्रतिसेयर आम्दानी वार्षिक ११ दशमलव ३० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४५ दशमलव चार रुपैयाँ रहेको छ ।

 

भागर्व विकास बैंक

भार्गव विकास बैंकले बैंकले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा खुद ९५ दशमलव ६८ प्रतिशतले वृद्धि गरी पाँच करोड २२ लाख ५४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले दुई करोड तीन हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

बैंकले यस अवधिसम्मा तीन अर्ब २४ करोड ९३ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ८७ करोड ३६ लाख ७० हजार रुपैयाँ कर्जा लगानी गरेको छ । भने खुद ब्याज आम्दानी १२ करोड १२ लाख १८ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकको सञ्चालन नाफामा पनि वृद्धि भएर सात करोड २२ लाख १० हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको सञ्चालन नाफा चार करोड १९ लाख ६२ हजार रुपैयाँ रहेको छ । 

त्यसैगरी बैंकले जगेडा कोषको आकार पनि बढेको छ । बैकले यस वर्ष जगेडा कोषमा १३ करोड ५२ लाख ८५ हजार रुपैयाँ जम्मा गरेको छ । गत वर्षको तुलमा भन्दा यस वर्ष जगेडा कोषमा जम्मा भएको रकम ३३ महमलव ९९ प्रतिशतले बढि देखिएको हो ।  बैंकको  चुक्ता पुँजी ५० करोड १६ लाख रुपैयाँ रहेको छ ।

बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८९ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ एक सय २६ रुपैयाँ ९७ पैसा छ ।

 

काबेली विकास बैंक

काबेली विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमास अवधिसम्ममा दुई करोड १२ लाख चार हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले एक करोड १६ लाख ८६ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।

चालु आर्थिक वर्षको नौं महिनाको अवधिसम्ममा बैंकले ८२ करोड १५ लाख रुपैयाँ निक्षेप सकलन गरी ८० करोड ३४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । भने नौं करोड ६२ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । बैंकको चुक्ता पूँजी२८ करोड ८२ लाख रुपैयाँ रहेको छ । 

खराब कर्जा अनुपात २ दशमलव ८९ प्रतिशत,यसको कर्जा तथा निक्षेप अनुपात (सीसीडी रेसियो) ६९ दशमलव ५७ प्रतिशत, आधार व्याज दर १० दशमलव ८८ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी नौं रुपैयाँ ९४ पैसा, प्रतिशेयर नेटवर्थ एक सय १८ रुपैयाँ २८ पैसा रहेको छ । 

 

ओम डेभलपमेन्ट बैंक

ओम डेभलपमेन्ट बैंकले तेस्रो त्रैमासमा ३४ करोड ७३ लाख रुपियाँ नाफा कमाएको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा जम्मा  २६ करोड ६२ लाख रुपियाँ मात्रै कमाएको थियो।  गत वर्षको सोहि अवधिको तुलनामा बैंकको नाफा ३० दशमलव ४५ प्रतिशतले बढी हो।

यस अवधिमा  बैंकले २४ अर्ब ७९ करोड ८९ लाख रुपियाँ निक्षेप संकलन गरी २२ अर्ब ४९ करोड ५१ लाख रुपियाँ कर्जा लगानी गरेको छ । भने चालु  आर्थिक वर्षको तेस्रो त्रैमास अवधिसम्ममा बैंकले  ७७ करोड ९४ लाख रुपियाँ खुद ब्याज आम्दानी गरेको छ।  अघिल्लो वर्षको तुलनामा बैंकको ब्याज आम्दानी ४४ दशमलव ५२ प्रतिशतले बढेको हो।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक १८ दशमलव ४१ रुपियाँ, प्रतिशेयर नेटवर्थ १४५ दशमलव ७७ रुपियाँ, मूल्य आम्दानी अनुपात १० दशमलव ७० गुणा र तरलता अनुपात २४ दशमलव आठ  प्रतिशत रहेको छ ।

 

मुक्तिनाथ विकास बैंक

मुक्तिनाथ विकास बैंकले चालु आर्थिक वर्षको नौं महिनाको अवधिमा खुद नाफा  ४० दशमलव ११ प्रतिशतले  बढेर ६० करोड २० लाख खुद नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले ४२ करोड ७५ लाख मात्रै नाफा आर्जन गरेको थियो। 
त्यस्तै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ।  अघिल्लो वर्षको तेस्रो त्रैमास अवधिमा ८८ करोड २८ लाख खुद ब्याज आम्दानी गरेको मुक्तिनाथ बैंकले यस अवधिमा एक अर्ब २९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ। गत वर्षको तुलनामा  आम्दानि  ४६ दशमलव २६ प्रतिशतले  वृद्धि भएको हो।  बैंकले जगेडा कोषमा पनि एक अर्ब ५ करोड सञ्चित गरेको छ। 
त्यसैगरी बैंकको चुक्ता पूँजी ३ अर्ब ६ करोड ४७ लाखे छ भने निक्षेप संकलनतर्फ ४१ अर्ब ८० करोड रहेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात ०.०३ प्रतिशत पुगेको छ। 
बैंकको खुद नाफामा सुधार आएसँगै प्रतिशेयर आम्दानीमा पनि ६ रुपैयाँ १९ पैसाले सुधार भएकोे छ । गत आवको तेस्रो त्रैमासमा २२ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी २६ रुपैयाँ १९ पैसा रहेको थियो ।  छ भने प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३३ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको