Like us!
Follow us!
Connect us!
Watch us!

‘पैसा भएकासँग सेयरको नलेज छैन,नलेज भएकासँग पैसा छैन’

अर्थ संसार

बुधबार, १८ भदौ २०८२, १५ : ४० मा प्रकाशित

‘पैसा भएकासँग सेयरको नलेज छैन,नलेज भएकासँग पैसा छैन’

सेयर बजारका लगानीकर्ता सुवासचन्द्र भट्टाराईले अहिलेको सेयर बजारबारे नलेज भएकासँग पैसा नभएको अवस्था रहेको बताएका छन् ।

अहिले सबै सूचक सकारात्मक हुँदा पनि बजार घट्नुमा अच्चम लागिरहेको बताउँदै उनले अहिले सेयर बजारको नलेज भएकासँग पैसा नभएको र पैसा हुनेहरुसँग सेयरको नलेज नभएको उनको भनाइ छ ।

‘अहिलेको बजार हेर्दा मेरो अनुमान के हो भने पुँजी बजारमा नलेज नभएकाहरुसँग पैसा भएको र ज्ञान भएकासँग पैसा नभएको अवस्था हो भन्ने लाग्छ,’ उनले भने, ‘यसले गर्दा ३/५ प्रतिशतमै पैसा राख्ने भयो ।’ यो अवस्थाले गर्दा बजार दशैँ अघि बढ्छ नै भन्न सक्ने अवस्था नरहेको उनको भनाइ छ । ठूला लगानीकर्ताले अहिले नकिनेको अवस्था देखिएको उनको भनाइ छ । अहिलेको अवस्थामा बढ्ने र घट्ने दुवै सम्भाबना उत्तिकै रहेकाले दशैँ अघि बजाले ठूलो फड्को मार्छ भन्न सक्ने अवस्था नरहेको भट्टराइको भनाइ छ । 

अहिले कम्पनी पफ्रमेन्स भन्दा पनि बजार पफ्रमेन्स मात्रै हेरेर अहिले लगानी भइरहेको उनी बताउँछन् । यो भनेको दिर्घकालीन भन्दा पनि छोटो अवस्थाको मात्रै हो । तर सबै कुरा सकारात्मक हुँदा पनि बजार घट्नुले अहिले नै बजार बढ्ने वा घट्ने अनुमान गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको