Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकम ४ अर्ब ७२ करोड

अर्थ संसार

बुधबार, १८ भदौ २०८२, १५ : २३ मा प्रकाशित

सेयर बजारको ओरालो यात्रा जारी, कारोबार रकम ४ अर्ब ७२ करोड

साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । पछिल्ला केही दिनदेखि लगातार रुपमा घटीरहेको बजार आज १६.६४ अंकले घटेर २७२६.३३ विन्दमाु पुगेको हो ।

आज सेयर बजारमा २१३ कम्पनीको सेयर मूल्य घटेको छ भने ३९ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.७४ अंकले घटेर ४७०.९४ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ । 

आज सेयर बजारमा ४ अर्ब ७२ करोड माथिको कारोबार भएको छ । ३२६ कम्पनीका १ करोड १३३ लाख ४५ हजार ९९४ कित्ता सेयर ६८ हजार ५९४४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्यमा भने आज सकारात्मक सर्किट लागेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको