Like us!
Follow us!
Connect us!
Watch us!

कहिले बाँडफाँट हुन्छ दरमखोला हाइड्रोको आईपीओ ?

अर्थ संसार

आइतबार, २५ साउन २०८२, १६ : २६ मा प्रकाशित

कहिले बाँडफाँट हुन्छ दरमखोला हाइड्रोको आईपीओ ?

दरमखोला हाइड्रो इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) यही साताभित्र बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार बाँडफाँट प्रक्रिया साता मध्यतिर सम्पन्न गर्ने गरी  तयारी भइरहेको छ।

कम्पनीको आईपीओमा आवेदन दिने मध्ये २ लाख ४२ हजार ३१८ जना आवेदकले १० कित्ताका दरले सेयर प्राप्त गर्नेछन्। तीमध्ये ५ जनाले भने थप १ कित्ता सेयर सहित ११ कित्ता पाउने छन्।

दरमखोला हाइड्रोले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३९ लाख ५० हजार कित्ता सेयर निष्कासनको स्वीकृति पाएको थियो। उक्त संख्यामध्ये पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख ९१ हजार १५० कित्ता सेयर बिक्री गरिसकिएको छ।

बाँकी सेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषका लागि, र ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको थियो। बाँकी रहेका २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको