सिद्धार्थ क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई ३० प्रतिशत (करसहित) नगद लाभांश दिने प्रस्ताव गरेको छ। नगद लाभांशको कुल रकम ६ करोड रुपैयाँ हुने जनाइएको छ। यो निर्णय कम्पनीको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले गरेको हो।
प्रस्तावित लाभांश अनुमोदन गर्ने उद्देश्यले कम्पनीले असोज ९ गते अपरान्ह ४:३० बजे नक्साल, काठमाडौंमा १४औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
सभामा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत खर्च गरिएको ६ लाख ५६ हजार ३२८ रुपैयाँ स्वीकृत गर्ने विषयमाथि छलफल हुनेछ। साथै, २०८१/८२ आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्ने एजेन्डा पनि रहेको छ।
यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षकको नियुक्ति र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा पनि उक्त साधारण सभाले निर्णय लिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस